• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आइएमई केबलकार चन्द्रागिरिपछि लुम्बिनीमा

      आज फागुन १९ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

      चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

      साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

      वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

      सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

      विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली

      सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

      प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

    होमपेज /  समाज

    क्रसर उद्योग सञ्चालनपछि पानीको हाहाकार

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २२, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    कृष्ण आचार्य/चितवन,बैशाख २२ । चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा गाउँमा खानेपानीको हाहाकार भएको हो ।

    मुहान सुकेपछि बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका उपभोक्ता खानेपानीको समस्यामा परेका छन् ।

    मनकामना क्रङ्क्रिट उद्योगले अनुमति नै नलिई सञ्चालन गरेको क्रसर उद्योगले अवैध उत्खनन र डम्पिङ गर्दा पानीको मुहान सुकेको मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका अध्यक्ष ज्ञानु कुमालले बताए ।

    क्रसर उद्योग सञ्चालन गर्ने क्रममा नै खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको समस्या भएको कुमालले जानकारी दिए । सञ्चालन हुन लागेको क्रसर उद्योगको छेउमै कालिका नगरपालिका–६ मा रहेको बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहको मुहान रहेको छ ।

    मझुवा बुलबुले खानेपानी अन्तर्गत कालिका नगरपालिका–६ का दुई २३० घरधुरीले सो खानेपानी प्रयोग गर्दै आएका छन् । यस संस्थाअन्तर्गत २४ वटा धारा रहेको छ । सोही खानेपानी स्थानीय आधारभूत विद्यालय गुराउ चौरका विद्यार्थीले समेत प्रयोग गरिरहेका छन् ।

    त्यस्तै बाँसघारी मझुवा खानेपानीअन्तर्गत २२२ घरधुरी र पृथ्वी माविका विद्यार्थीले पानी खाइरहेका छन् । कालिका नगरपालिका–८ को जुटपानी बजार नजिकैको सो खानेपानी मुहानबाट विसं २०६० देखि उनीहरुले खानेपानी खाँदै आएका थिए ।

    मनकामना क्रङ्क्रिट उद्योग नामको संस्थामार्फत दर्ताबिना क्रसर उद्योग सञ्चालन गर्न लागेको गाउँलेको आरोप छ । करीब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगको डम्पिङको बालुवा गिट्टी ढुङ्गा र भवनको जग हेर्दा क्रसर उद्योग नै सञ्चालन गर्न लागेको कालिका नगरपालिका–८ का अध्यक्ष इमप्रसाद अधिकारीले जानकारी दिए ।

    ‘‘ब्लक उद्योग राख्ने भनेका कारण मैले अनुमति दिएको हुँ’ अधिकारीले भने, ‘आसपासमा रहेका स्थानीयवासीको मञ्जुरी लिएका कारण स्वीकृति दिएको हो ।’ क्रसर राख्ने विषयमा भने आफू अनभिज्ञ रहेको अधिकारीको भनाइ छ ।

    स्थानीयवासीका अनुसार वडाध्यक्षलाई समेत झुक्काएर क्रसर उद्योग सञ्चालकले डम्पिङको काम गरेका थिए । पानीको हाहाकार मच्चिएपछि सो क्षेत्रमा क्रसर उद्योग सञ्चालनका लागि रोक लगाइएको कालिका–६ का अध्यक्ष विनोद रेग्मीले बताए ।

    पहिला जनतालाई पानीको व्यवस्था हुनुपर्ने र त्यसपछि मात्र क्रसर उद्योगको संरचनाको काम अगाडि बढ्ने गरी आफूले पहल गरेको अध्यक्ष रेग्मीले बताए । क्रसरका लागि भवनको जग खनेपछि धारामा एक हप्तादेखि पानी नआए पछि गाउँलेहरुले दुःख पाएको रेग्मीले बताए ।

    वि.सं २०६१ देखि उपभोग गर्दै आएको पानी अहिले एक्कासि बन्द हुँदा उपभोक्ता मारमा परेको उल्लेख गर्दै रेग्मीले खानेपानीको मुहान नै सुक्नेगरी काम हुनु दुःखको कुरा भएको बताए ।

    धारामा भने एक हप्तादेखि पानी नआएपछि नजिकैको मन्दिरमा भएको इनारको पानी मोटरले तानेर गाउँलेहरुले खान बाध्य भएका छन् । क्रसर उद्योगमा ठूला राजनीतिक दलका पहुँचवाला व्यक्तिको लगानी रहेको छ ।

    क्रसर उद्योगमा चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीसहित बलराम शर्मा खनाल, परशुराम घिमिरे, शिव थापा, प्रह्लाद सापकोटा, गुणराज दवाडी, पूर्णबहादुर अम्गाइँ, एकेश भण्डारी र राजेन्द्र ढुङ्गानाको लगानी रहेको छ ।

    उद्योग सञ्चालक राजेन्द्र ढुङ्गानाले तत्काल क्रसर उद्योग सञ्चालन नभइ डम्पिङ मात्रै गरिरहेका बताए । उनले भने, ‘कयर खोलामा साथीहरुले ठेक्का पार्नुभएको छ, त्यही ढुङ्गा गिटी यहाँ ल्याएर डम्पिङ गरौँ भन्ने सोच बनाएको हो ।’ ढुङ्गानाले अगाडि थपे, ‘पानी सुक्छ भन्ने अनुमान नै भएन ।’

    क्रसर सञ्चालकले खानेपानीको अर्को विकल्प खोजेर उपभोक्तालाई नगरपालिकाको अनुरोधमा बोरिङ खनिदिने सहमति भएको कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले बताए । उनले पानीको मुहान नजिकै खन्नै नहुने ठाउँमा खनेका कारण समस्या आएको जानकारी दिए ।

    वि.सं २०५९ मा फनबोर्ड नेपालको सहयोगमा स्थानीयवासीको आर्थिक र श्रमदानबाट सञ्चालनमा आएको हो । कालिका नगरपालिका–६, ७ र १ खानेपानीका लागि समस्याग्रस्त क्षेत्र समेत हुन् । यी वडाका वडावासी अहिले पनि स्वच्छ खानेपानी खान नपाएर समस्यामा परिरहेका छन् ।

    क्रसर सञ्चालन गर्न लागिएको ठाउँ मापदण्ड विपरीत छ । प्रदेश नं ३ सरकारको नदीजन्य पदार्थ सङ्कलन र उपयोग सम्बन्धी कार्यविधिमा नदी खोलाको किनारबाट पहाडमा तीन सय मिटर र तराईमा पाँच सय मिटर पर क्रसर उद्योग सञ्चालन गर्नुपर्छ । तर त्यहाँ सो मापदण्ड पूरा गरिएको छैन् । -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आइएमई केबलकार चन्द्रागिरिपछि लुम्बिनीमा

    आज फागुन १९ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    आइएमई केबलकार चन्द्रागिरिपछि लुम्बिनीमा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑