सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, बैशाख २२ । त्रिशूली नदीमा जथाभावी नदीजन्य वस्तुको उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ। नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको हो।
लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताए।
‘त्रिशूली नदीमा नदीजन्य पदार्थ उत्खनननले गर्दा बाह्रै महिना पानि धमिलो हुने गरेको छ, नदीभित्रै मेसिन प्रयोग गरिन्छ, जसले धार परिवर्तन भई नदीको सौंन्दर्य घट्ने र जलयात्राका लागि खतरा बढ्छ,’ उनले भने, ‘बजारबाट निस्कने फोहर सिधै त्रिशूलीमा फ्याँक्ने गरिन्छ, विदेशी पर्यटक फोहर देखेपछि जलयात्रा गर्न रुचाउँदैनन्।’
ठकुरीका अनुसार त्रिशूली नदीमा जलयात्रा गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। नौ वर्षदेखि जलयात्रा गाइडको काम गर्दै आएका चितवनको इच्छाकामनाका मिलन गुरुङ पनि जथाभावी उत्खनन र फोहोर फ्याँक्ने गर्दा त्रिशूली नदीमा जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउँछन्।
जलयात्रासँग सम्बन्धित विभिन्न सङ्घसंस्था र व्यवसायीले कहीलेकाहीँ गर्ने सरसफाइले मात्र नदी सफा नभएको उनको भनाइ छ। पृथ्वीराजमार्ग आसपास रहेका बजारबाट निस्कने फोहर दैनिक त्रिशूली नदीमा फ्याँक्ने गरिएको छ।
नेपालका करिब छ हजार नदीनालामध्ये त्रिशूली, भोटेकोशी, कर्णाली, कालीगण्डकी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुला गरिएको छ।
त्रिशूली नदी काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ। व्यवसायी कमल ठकुरीका अनुसार त्रिशूली नदीको मध्यभाग धादिङको बेनीघाट रोराङ गाउँपालिका चारौँदीदेखि चितवनको इच्छाकामनास्थित कुरिनटारसम्म जलयात्राका लागि उत्कृष्ट रहेको छ।
सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सय पर्यटकीय स्थानमध्ये त्रिशूली नदीलाई पनि समेटेको छ । गर्मी मौसम शुरु भएसँगै त्रिशूली नदीमा वर्षेनी लाखौँ स्वदेशी तथा विदेशी पर्यटकले जलयात्रा गर्छन्। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा