• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

      महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

      तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

      खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री

      २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

      घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

      विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

      कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

      एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

      दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

      नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

      एक डोज मात्रै लगाए पुग्ने कोरोनाको खोपले पायो अनुमति

      मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

      उदयपुर उद्योग वाणिज्य संघ आफ्नै भवनमा

      आर्मेनियाको उदाहरण : प्रधानमन्त्रीको गलत निर्णय राष्ट्रपतिले रोक्न सक्छन्

    होमपेज /  समाज

    महिला–पुरुष ‘मितेरी’ सम्बन्ध : १० वर्षपछि टिकाटालो, यसरी भयो चिनजान

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २१, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    बाँके, बैशाख २१ । करीब १० वर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारिक रूपमा जोडिएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिक रूपमा मितेरी लगाएका छन् ।

    थर र लिङ्ग फरक भएपनि एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन संवाद गरिरहने क्रममा नजिक बनेका गिरी र चौधरीले लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिए । उनीहरुले भने, ‘सामाजिक विभेदका विरुद्धमा हामीले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।’

    रेडियो कार्यक्रममा हुने फोन संवादले उनीहरूलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उनीहरूले दुई परिवारलाई एउटा परिवारमा बाँधिदिएको छ । गिरी भन्छन्, ‘हामी १० वर्षदेखि एउटा परिवारजस्तै भएका छौँ, विभिन्न कारणले औपचारिकता दिन सकिएको थिएन, हामीले अहिले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।’
    नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदानप्रदान भएपछि आफूहरू पारिवारिकरूपमा पनि नजिकिँदै गएको बताउँदै उनीहरू भन्छन्, ‘हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ, यो सम्बन्ध पारिवारिकरूपमा पनि निकट भयो, हामीले आफूलाई भाग्यमानी ठानेका छौँ ।’

    गिरी भछन्, ‘रेडियोमा नाम सुने, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाएँ, केहीले शङ्का गरे, मैले त्यो शङ्कालाई प्रष्ट्याए, हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।’ दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरू खुशी व्यक्त गर्छन् ।

    ‘हाम्रा सोचहरू अझै नकारात्मक विचारहरूले भरिएका छन्, हामी अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्छौँ, हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ’, चौधरी भन्छिन्, ‘हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ, मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रूपमा मानिरहेकी छु ।’

    चौधरी भन्छिन्, ‘सकारात्मक रूपमा हामी दुई परिवार एक भएका छौँ, मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन, महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो, सामाजिक विभेदको अन्त्य आफँैबाट शुरु गर्नुपर्छ ।’

    सबैले समान लिङ्गबीच मितेरी लगाउँछन् । गिरी र चौधरीबीचको मितेरी सम्बन्ध भने नौलो र अनौठो छ । बाँकेका अगुवा पत्रकार जे पाण्डे भन्छन्, ‘मलाई अनौठो लागिरहेको छ, महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो हुनुपर्छ ।’ रेडियो कार्यक्रमबाट नजिक बनेका गिरी र चौधरीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ ।

    ‘मैले अहिलेसम्म जजमानी गर्दा पुरुष–पुरुष र महिला–महिलाका बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिएँ, मलाई आफँै पनि अनौठो लागिरहेको छ’, पण्डित इन्द्रप्रसाद उपाध्यायले भने, ‘मैले आफूलाई पनि भाग्यमानी ठानिरहेको छु, उहाँहरूको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायी बनेको छ, म उहाँहरूलाई शुभकामना दिन्छु ।’

    यसरी भयो चिनजान

    आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४९ वर्षीय श्याम आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी हुन् । साथीभाइसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो ।
    उनी नयाँ साथीसँग छिट्टै नजिक बन्छन् र सक्ने सहयोग गर्न तयार हुन्छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा उनले फोन गरेर अन्तरक्रिया गरिरहन्छन् ।
    नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाएका छन् । रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनले मितिनीको नाता गाँसे ।

    बाँके बैजापुरकी श्यामकुमारीको रेडियोमोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरिरहन्छिन् । राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी ३० वर्षीया श्यामकुमारी स्थानीय अगुवाका रूपमा परिचित छिन् ।

    पढाइमा स्नातक गरेकी उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसक्नुभएको छ । स्नातकसम्मको पढाइ पूरा गरेर श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षितमध्येमा गनिन्छिन् । सामाजिक विभेदविरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन् । उनी दुवै जनाको उमेर अन्तर करीब १९ वर्ष छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

    महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

    ओलीको लैंगिक रुपमा गरिएको आलोचना खेदजनक : मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

    अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च जाँदै

    मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑