• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

      साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

      राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

      सेयर बजारमा दोहोरो अंकको गिरावट

      कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

      हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

      ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

      भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

      १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

      जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    होमपेज /  स्वास्थ्य

    ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन गर्न निषेध

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २०, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
    फाईल तस्विर
    –नारायण ढुङ्गाना

    काठमाडौँ, बैशाख २० । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरे अनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ ।

    ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।

    धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न वि.सं २०६८ मा सरकारले ऐन ल्याएको थियो ।

    धूम्रपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूमपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा १०० रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ । शुरु आती चरणमा जरिवाना गराएर कार्यान्वयन गर्न थालिए पनि कार्यक्रमले निरन्तरता नपाउँदा ऐन कार्यान्वयन हुन सकेको छैन ।

    काठमाडौँ प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । उक्त अभियान यही वैशाख २९ गतेदेखि सञ्चालन गरिँदै छ ।

    पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पतालमा ऐन कार्यान्वयन गरी सुर्तीजन्य पदार्थ प्रयोग निषेध गर्न लागिएको हो ।

    सार्वजनिक स्थान, सरकारी कार्यालय, अस्पताल उद्योग, कलकारखाना, शिक्षण सङ्घसंस्था, विमानस्थल, होटल, सिनेमा घरलगायत क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन । अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्रसमेत धूम्रपान गर्न नहुने ऐनमा उल्लेख छ ।

    प्राणघातक रोगको प्रमुख कारण रहेको सुर्तीजन्य पदार्थले प्रयोगकर्तालाई मात्रै नभई समाजलाई नै असर पार्ने भएकाले ऐन कार्यान्वयनका लागि अभियान नै सञ्चालन गर्न लागिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । ‘पहिलो चरणमा हामी ठूला अस्पतालमा कार्यान्वयन गर्छौं, त्यसपछि अन्य अस्पताल र क्षेत्रमा कार्यान्वयनतर्फ लाग्छौँ’, पोखरेलले भने ।

    उनका अनुसार ऐन कार्यान्वयनका लागि अस्पताल, समुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्याम, नागरिक समूहसँग समन्वय गरिएको छ । काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बज्राचार्यले विगतमा महानगरपालिकाले पहल गरे पनि कार्यान्वयन गर्न नसकिएको भन्दै सामूहिक प्रयासले सफल हुने विश्वास व्यक्त गरे ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले मानिसको मृत्युको सबैभन्दा ठूलो कारण नै सुर्तीजन्य पदार्थ रहेको उल्लेख गर्दै भने, ‘यसले स्वयं व्यक्तिलाई त हानि गर्छ गर्छ, तर अरु मानिसलाई पनि असर पर्छ, त्यसैले यो अभियान सफल पार्नुपर्छ, सबैको सामूहिक प्रयास हुनुपर्यो ।

    शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. प्रेम खड्काले विगतमा आफूहरुले गरेको प्रयाससमेत असफल भएको स्मरण गर्दै प्रहरीको अगुवाइमा तत्कालै दण्ड सजाया हुने गरी चल्ने अभियानले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

    जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै ऐन कार्यान्वयनका लागि सबैको सामूहिक प्रयास र निरन्तरताको खाँचो रहेको औँल्याए ।

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा १८ दशमलव ५ प्रतिशतले धूमपान गर्ने गरेको छ । नेपालमा वार्षिक सुर्तीजन्य पदार्थका कारण २४ हजार बढीको ज्यान जाने गरेको राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले जानकारी दिए ।

    कार्यान्वयनका लागि समिति गठन

    सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी विशेष अभियान सञ्चालनको विषयमा आज काठमाडौँमा सरोकारवालाबीच छलफल भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको आयोजनामा भएको कार्यक्रममा उक्त अभियानका लागि सम्बन्धित क्षेत्रका सामुदायिक सेवा केन्द्रका प्रतिनिधिको अध्यक्षतामा सम्बन्धित अस्पताल, वडा कार्यालय,प्रहरीवृत्त,समुदाय प्रहरी साझेदारीका विभिन्न समिति, नागरिक समाज,स्वास्थ्य संस्था र सञ्चारकर्मी सम्मिलित समिति गठन गरिएको छ ।

    यही २९ गतेदेखि पहिलो चरणमा प्रचारप्रसारका कार्यक्रमलाई तीव्रता दिने,सूचना टाँस गर्ने,अस्पताल नजिक रहेका होटलमा सुर्तीजन्य पदार्थ हटाउन लगाउने र त्यसपछि पनि बिक्री वितरण र प्रयोग गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउने गरी अभियान सञ्चालन हुने छ ।

    अस्पतालको १०० मिटरसम्म सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखनमा रोक लगाइने परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जरिवाना नगरी ऐन कार्यान्वयन हुने अवस्था नदेखिएकाले कडाइका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यस्ता छन् मेथी खानुका फाइदा र बेफाइदा

    कोरोना भाइरसका कारण पुरुषको शुक्राणुमा असर पर्ने

    नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

    मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ ? ख्याल गर्नुस् है

    शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी

    अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑