सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २० । सहमति जुटे संगै प्रदेश १ ले आफ्नो नाम कोशी प्रदेश राख्ने तयारी गरेको छ। प्रदेश १ मा बहुमतप्राप्त सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले कोसी प्रदेश नाम राख्ने सहमति जुटाएको हो।
नेकपा भित्र पनि यसको नाम राख्न दुईथरी प्रस्ताव थिए। साविक एमाले सांसदहरु कोशी प्रदेश नाम राख्नुपर्ने र विकल्पमा सगरमाथा नाम राख्नुपर्ने पक्षमा थिए भने साविकका माओवादी सांसदहरु कोशीसँग किरात शब्द जोड्नुपर्ने पक्षमा थिए।
दुवैले आफ्ना आफ्ना अडान छोडेर कोशी नाम नै राख्ने सहमति जुटेको प्रदेश १ मन्त्रिपरिषद्का एक सदस्यले बताए।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा