सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २० । हिमाली क्षेत्रमा उच्च हिमपान हुने संभावना रहेको भन्दै सरकारले सरकारले आज र भोलि हेलिकप्टर नउडाउन अनुरोध गरेको छ ।
समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो ।
यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएका पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ ।
हाल बंगालको खाडीबाट भारतमा पुगेको चक्रावत फानी नामक ‘आँधी’ले नेपालमा पनि प्रभाव पार्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ । https://t.co/9K04r5l0gE
— NEOC, MoHA Nepal (@NEOCOfficial) May 3, 2019
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा