सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २० । बंगालको खाडीबाट विकसित सामुन्द्रिक आँधी ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। फानी नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाका अनुसार नेपालको पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।
साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
फानीको प्रभाव भोलीसम्म रहने र आइतबारदेखि मौसम खुल्ने महाशाखाले जनाएको छ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा