• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

      उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

      डडेल्धुरामा बन्दै गरेको सेमी कभर्ड हल २१ महिनादेखि अलपत्र

      कुहिएको अवस्थामा महिलाको शव फेला

      सुनको मूल्य घट्यो

      नारायणगढ–बुटवल सडक: निर्माण भए २२ साना पुल

      प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

      व्यावसायिक कृषिमा आकर्षण बढ्दै

      अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढ्याे : बाबुराम भट्टराई

      सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

      सरकारमा जाने लाइनमा जनता समाजवादी

      प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिने पाँचै जना न्यायाधीश बिदामा

      आज फागुन १३ गते बिहीबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

      गायिका अञ्जु पन्तले गरिन थिर कोइरालासँग विवाह

    होमपेज /  पत्रपत्रिका

    राजपा , फोरम , नयाँ शक्ति र जनमुक्ति मिलेर समाजवादी पार्टी बन्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २०, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, बैशाख २० । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र जनमुक्ति पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । विभिन्न चरणमा शीर्ष नेताबीच भएको छलफलले एकता नजिक पुगेको नेताहरु बताउँछन् ।

    बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा बिहीबार चारै दलका शीर्षस्थ नेताहरुबीच छलफल भएको छ । छलफलमा राजपा नेपालका पूर्वसंयोजकद्वय महन्थ ठाकुर, राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र जनमुक्ति पार्टीका संयोजक एमएस थापा सहभागी थिए ।

    राजपा नेपालका नेता महतोले वैकल्पिक शक्ति निर्माणका लागि चार राजनीतिक दलबीच एकीकरणका लागि छलफल भएको बताए । देशमा रहेका सबै द्वन्द्वको समाधान एवं सुशासन तथा समृद्धिका लागि वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा जुटेको उनले बताए ।

    ‘हिमाल, पहाड र मधेसमा विभिन्न खालका समस्या एवं द्वन्द्व देखिन्छ । ती सबैको समाधानका लागि वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौं,’ महतोले भने, ‘सबै खाले द्वन्द्वको अन्त्य, सुशासन तथा समृद्धिका लागि हामी चार पार्टीबीच एकीकरणका लागि छलफल भएको छ ।’

    पार्टीको सैद्धान्तिक, वैचारिकलगायतका विषयमा छलफल सुरु भएको बताउँदै उनले सिद्धान्त विचार मिल्नेसँग एकीकरण तथा मोर्चाबन्दी गरेर अगाडि बढने सहमति भएको बताए ।

    फोरम नेपालका नेता शिवजी यादवले पार्टी एकीकरणका लागि चार राजनीतिक दलबीच छलफल सुरु भएको बताए । वार्ता सकारात्मक भएको बताउँदै उनले छिट्टै नै मूर्तरुप लिने विश्वास व्यक्त गरे ।

    पछिल्लो समय पार्टी एकीकरणका लागि राजपा नेपाल र फोरम नेपालबीच पत्राचार भएको थियो । दुवै पार्टी एकीकरणका लागि पत्राचार गरेसँगै एकता गर्ने विषयमा सहमत भए । आआफ्नो पार्टीको बैठकबाट वार्ता समिति गठन गर्दै एकीकरणका लागि वार्ता एवं छलफल अगाडि बढाउने सहमति भएको छ ।
    राजपा नेपालका महासचिव केशव झाले चार पार्टीबीच भएको एकीकरण वार्ता सकारात्मक रहेको बताए । सैद्धान्तिक, वैचारिक, सांगठनिक रूपमा कसरी अगाडि बढ्नेलगायतका विषयमा गम्भीर छलफल सुरु भएको उनले बताए ।

    यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ६ राजनीतिक दलबीच एकिकरण भई राजपा नेपालको घोषणा भयो । मधेसी मोर्चामा रहेका महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तराई–मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई–मधेस सदभावना पार्टी, राजकिशोर यादव नेतृत्वको गणतान्त्रिक फोरम नेपाल र अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीबीच एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो ।

    त्यतिबेला मधेसी मोर्चामा रहेका उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल एकीकरणमा सहभागी भएन । तर, पछिल्लो समय फोरम नेपालले राजपा नेपाल, नयाँ शक्ति, जनमुक्ति पार्टीसँग एकीकरणका लागि बार्ता अगाडि बढाएको छ ।

    फोरम नेपालका केन्द्रीय सदस्य एवं प्रचार विभागका सदस्य विष्णुजंग बस्नेतले विभिन्न चार राजनीतिक दलबीच एकीकरणका लागि गम्भीर वार्ता भएको बताए । ती पार्टीबीच एकीकरणको विषयमा छलफल चलिरहेको बताउँदै उनले छिट्टै नै टुंगो लाग्ने बताए ।

    अनलाइन मिडियामा आएजस्तै सबै विषयमा सहमति नभएको बताउँदै उनले एकीकरण नजिक पुगेको स्विकारे । पार्टीको सैद्धान्तिक र वैचारिक विषयमा छलफल चलिरहेको बताउँदै उनले छिट्टै नै टुंगो लाग्ने विश्वास व्यक्त गरे ।

    नयाँ शक्तिका एक नेताले मुलुकमा वैकल्पिक शक्ति निर्माणका लागि चार पार्टीबीच छलफल चलिरहेको बताएका छन् । छिट्टै नै एकीकरण हुने विश्वास व्यक्त गर्दै छलफल सकारात्मक रूपमा अगाडि बढेको बताए ।

    स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अपनाएको दुई अध्यक्ष प्रणाली जस्तै चार पार्टीबीच एकता हुने पार्टीले समेत नेतृत्व त्यसैगरी गर्ने विषयमा सहमति भएको छ । फोरमबाट यादव, नयाँ शक्तिबाट भट्टराई र जनमुक्ति पार्टीबाट थापालाई राख्ने विषयमा छलफल भएको छ । तर, राजपा नेपालमा अहिले नै ६ जना अध्यक्ष (आलोपालो) रहेकाले कसरी मिलाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

    चार राजनीतिक दलबीच छलफल सुरु भए पनि फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण गर्ने विषय अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ । दुवै पार्टीका प्रमुख अध्यक्ष रहने र फोरम नेपालका अध्यक्ष यादवलाई कार्यकारी अध्यक्ष दिने विषयमा सहमति भएको फोरम नेपालको दाबी छ । तर, नयाँ शक्ति स्रोतले दुवै पार्टीबाट अध्यक्ष रहने सहमति भएको छ । तर, कार्यकारी अध्यक्ष यादवलाई दिने विषयमा सहमति नभएको दाबी गरेको छ ।

    एकीकृत पार्टीको पदाधिकारीमा फोरम नेपालबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने सहमति भएको छ । अन्य पदाधिकारी एवं जिम्मेवारी विषयमा छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ । पार्टीको नाम समाजवादी पार्टी वा नेपाल समाजवादी पार्टी राख्ने सहमति भइसकेको छ ।

    स्रोतका अनुसार फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच सैद्धान्तिक र वैचारिक सहमति भइसकेको छ । सांगठनिक विषयमा कुराकानी भइरहेको छ । पदीय जिम्मेवारी बाँडफाँट गर्ने क्रममा दुई अध्यक्ष र वरिष्ठ नेतामा अशोक राई राख्ने सहमति भएको छ । महासचिवमा फोरमबाट रामसहाय यादव, नयाँ शक्तिबाट गंगा श्रेष्ठ, तत्कालीन समाजवादी पार्टी (अशोक राई)बाट राजेन्द्र श्रेष्ठलाई राख्ने सहमति भएको छ ।

    यसैगरी, प्रदेश १, २ र ५ मा फोरमको नेतृत्व रहनेछ भने प्रदेश ३ मा अशोक राई नेतृत्वको पार्टीबाट र प्रदेश ४, ६ र ७ मा नयाँ शक्तिबाट नेतृत्व हुने सहमति भएको छ । अन्य नेतालाई त्यहाँ समायोजन गरिनेछ ।

    फोरम नेपाल र नयाँ शक्तिबीच भएको सहमतिलाई स्वीकृत गर्न नयाँ शक्तिले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ । यसैगरी, शनिबार फोरम नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा भएका सहमतिबारे जानकारी गराउँदै वैचारिक र सैद्धान्तिक सहमतिलाई पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

    यसअघि फोरम नेपाल र नयाँ शक्तिबीच पार्टी एकीकरण गर्ने भनेर विभिन्न चरणमा छलफलपश्चात् एकता घोषणा गर्नु एक दिनअघि भाँडिएको थियो । तर, एकीकरणलाई टुंगोमा पु¥याउन शीर्ष नेता गम्भीर रूपमा छलफल गरिरहेका छन् । राजधानी दैनिक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सरकारमा जाने लाइनमा जनता समाजवादी

    प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिने पाँचै जना न्यायाधीश बिदामा

    फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो

    बाहिर जान उपराष्ट्रपतिलाई बन्देज

    प्रसिद्ध रानीमहलमा होटल बनाउने प्रस्तावको चौतर्फी विरोध

    प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

    उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

    डडेल्धुरामा बन्दै गरेको सेमी कभर्ड हल २१ महिनादेखि अलपत्र

    कुहिएको अवस्थामा महिलाको शव फेला

    सुनको मूल्य घट्यो

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑