सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २० । भूमाफियाले भक्तपुरको मध्यपुर ठिमी २ सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको पाइएको छ।
करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो। ‘ल्याण्ड पुलिङ’ गरी घडेरी बिक्री गर्दै आइरहेको मनोहरा जग्गा एकीकरण आयोजना कार्यालयले ल्याण्ड पुलिङका लागि पहल गर्दा यो तथ्य खुलेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।
२०२१ को नापीअनुसार नदी भएका ठाउँमा अहिले व्यक्तिको जग्गा देखिन्छ। नक्सामा अहिले पनि जग्गा भएकै ठाउँमा नदी छ तर फिल्डमा भने बहाव परिवर्त भएका कारण नदी अर्कै ठाउँमा छ। ‘ल्याण्ड पुलिङका लागि तयार हुँदै गर्दा हामीलाई थाहा भयो’, आयोजनाका प्रमुख इन्द्रमान सिंहले भने, ‘नदी अहिले व्यक्तिका जग्गमा बगिरहेको छ भने वास्तविक ठाउँ अरुले नै कब्जा गरेर बसेका छन्।’
२०३० सालतिर नदीले बहाव परिवर्तन गरेपछि उक्त जग्गा भूमाफियाले आफ्ना नाममा पारेको भेटिएको आयोनाले जनाएको छ। विभिन्न समयमा कित्ताकाट हुँदै नदीको जग्गा श्यामजंग सिजापति, राजेन्द्रकुमार सिजापति, सुवर्णकुमार सिजापति, प्रेमजंग सिजापति र डण्डपाणि उपाध्यायलगायतका नाममा दर्ता छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा