• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

      जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

      २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

      धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

      ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

      सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

      अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

      म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

      टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

      राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

      नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

    होमपेज /  स्वास्थ्य

    सिकलसेल एनिमिया चुनौतीका रुपमा देखा पर्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १९, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    –राजेन्द्रप्रसाद पनेरु
    कञ्चनपुर, बैशाख १९ । कञ्चनपुरको कालागौडीका बृजलाल चौधरी झारफुकका लागि पुग्ने व्यक्तिहरुलाई उपचारका लागि अस्पताल जान सल्लाह दिन्छन् । चौधरी गाउँका गुरुवा हुन् । गुरुवाले भविष्यमा हुने घटना टार्न तान्त्रिक विधि अपनाउने गर्छन् ।

    भूत लागेका र रोगबाट सङ्क्रमण भएका व्यक्तिहरु उनीकहाँ दैनिक पुग्ने गर्दछन् । उनले भने, ‘उपचारका लागि पुग्नेहरुलाई रोगको लक्षणका आधारमा अस्पताल गएर स्वास्थ्य जाँच गराउन सल्लाह दिँदै आएको छु’  ‘थारु समुदायका व्यक्तिहरु नै सबै भन्दा बढी समस्या लिएर आउँछन् । उनीहरुलाई वंशानुगत गुणका आधारमा लाग्ने सिकलसेल एनिमिया रोगको शङ्का लागेमा अस्पताल पठाउने गरेको छु ।’

    उनी भन्छन्– ‘सिकलसेलको लक्षण भएकामध्ये थोरैमा मात्रै यो रोग देखा परेको छ । सिकलसेल एनिमिया हुन सक्ने लक्षण भएका धेरैजना छन् ।’ थारु समुदायका धेरै व्यक्तिहरु यस रोगबाट निकै पीडित रहेका छन् ।

    यस रोगको उपचारबारे जानकारी नपाएर धेरै जना घरमै पीडा सहेर बस्दै आएका छन् । अधिकाँश भूत वा देवता रिसाएको विश्वासमा गाउँकै धामी, झाँक्री र गुरुवाको शरणमा जाने गरेका छन् । रोग पहिचान हुन नसक्दा कयौंको ज्यान गएको छ ।

    महिला स्वास्थ्य स्वयंसेविका राजु राना मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भै हसिया जस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनेर गाउँमै जाँचका लागि पुगेको स्वास्थ्यकर्मीको टोलीबाटै जानकारी पाएको बताउँछिन् ।

    ‘स्वयंसेविका भएको १९ वर्ष भयो,’ उनले भनिन्– ‘केही महिना अघि मात्रै यस रोगबारे जानकारी पाएकी छु । सबै जनालाई लक्षणका आधारमा जाँचका लागि अस्पतालमा जान सल्लाह दिँदै आएकी छु ।’

    यस रोगबाट सङ्क्रमित व्यक्तिमा गोलाकार रक्तकणिकाहरु छिटो छिटो नष्ट भै रक्त सञ्चारमा अवरोध उत्पन्न हुने र रगतमा अक्सिजनको कमी हुन गै शरीरका विभिन्न अङ्गमा क्षति पुग्ने हुन्छ ।

    सिकलसेल एनिमिया भएमा शरीरमा पीडा, अन्य रोगहरुको सङ्क्रमण, कमलपित्त जस्ता लक्षण देखिने, फोक्सोमा रुकावट हुने, मिर्गौलामा खराबी आउने, मस्तिष्कमा आघात हुने, लिङ्ग उत्तेजित हुँदा पीडा हुने, फियो वा कलेजोमा रक्तसञ्चार रोकिने जस्ता लक्षण देखापर्ने स्वास्थ्यकर्मी तीर्थराज भट्टले बताए ।

    उनका अनुसार मानव विकासको क्रममा औलो रोगको महामारीसँग जुध्न गोलाकार रक्तकणिका बनाउने जीनमा प्राकृतिक उत्परिवर्तन भई मानवमा औलो रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भएको हुनुपर्दछ ।

    सिकलसेल पनि कुनै अनौठो प्रकारको सरुवा रोग नभई शरीरले औलो रोगको महामारीसँग लड्ने क्षमता विकास गर्ने क्रममा मानव जीनमा उत्परिवर्तन हुँदा देखा परेको हो । वंशानुगत यस रोगलाई जेनेटिक काउन्सिलिङद्वारा केही व्यवस्थापन गर्न सकिएता पनि पूर्ण उपचार गर्न कठिन भएको उनको भनाइ रहेको छ ।

    नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाहरुको डिएनए परीक्षण गर्दा १८ प्रतिशतमा ‘सिकलसेल हेटेरोजाइगोस ट्रेट’ भएको पाइएको थियो ।

    वि.सं २०६८ सालको जनगणना अनुसार नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार ४७० रहेको छ । नेपालमा करीब तीन लाख भन्दा बढी थारु समुदायका व्यक्तिमा सिकलसेल रोगको लक्षण भएको अनुमान गर्न सकिन्छ ।

    सिकलसेल एनिमियाको अर्ध दोषयुक्त जीनलाई हेटेरोजाइगोस ट्रेट भनिन्छ । अर्ध दोषयुक्त गुण बोकेका व्यक्तिहरुमा सिकलसेल एनिमिया रोगको लक्षणहरु देखा पर्दैन । यस्ता व्यक्तिहरुले साधारण व्यक्ति भन्दा १० गुणा बढी औलो रोगसँग लड्ने क्षमता राखेको हुन्छ ।

    दम्पतीमा सिकलसेल रोगको हेटेरोजाइगोस ट्रेट छ भने यस्ता दम्पतीबाट जन्मेका सन्तानमा पूर्ण दोषयुक्त जीन बन्नसक्ने सेती अस्पतालका सामाजिक सेवा इकाइका प्रमुख गौरीदत्त जोशीले बताए । उनका अनुसार यसलाई होमोजाइगोस ट्रेट भनिन्छ ।

    यस्ता गुण बोकेका व्यक्तिहरुमा पूर्ण सिकलसेल एनिमिया रोग देखापर्छ । सिकलसेल एनिमिया एक पुस्ताबाट अर्को पुस्तामा सर्ने उनको भनाइ छ । यदि दम्पती दुवै जनामा सिकलसेल हेटेरोजाइगोस ट्रेट छ भने त्यस्ता दम्पतीबाट जन्मने चार सन्तानमध्ये एक जनामा सिकलसेल हेटेरोजाइगोस ट्रेट हुन्छ ।

    होमोजाइगोस ट्रेट भएका व्यक्ति अत्यन्त पीडादायक जीवन जीउन बाध्य हुन्छन् । ‘मानव विकासको क्रममा सिकलसेल एनिमिया रोग उत्पन्न गर्ने दोषयुक्त जीनको उत्परिवर्तन नभएको भए शायद औलो रोगका कारण थारु आदिवासी अस्तित्वमा नरहन पनि सक्थे,’ जोशीले भने– ‘त्यसैले थारु समुदाय तराईको आदिवासी भएको प्रमाणित गर्दछ ।’

    सिकलसेल एनिमिया दोषयुक्त जीन भएका दम्पतीले सन्तान जन्माउन चाहेमा आनुवंशिक परामर्शदातासँग सन्तान जन्माउन मिल्ने वा नमिल्ने र सिकलसेल भएको सन्तान जन्मिहाले कुन उपचार पद्धति अपनाउने भन्नेबारे अनिवार्य रुपमा परामर्श लिन जरुरी हुन्छ ।

    उनले भने– ‘यस्ता दम्पतीबाट जन्मने सन्तानको बच्चा गर्भावस्थामा छँदै डिएनए परीक्षण गराउनु झनै उत्तम हुन्छ ।’ यदि परिवारका सदस्यमध्ये कुनै व्यक्तिमा सिकलसेल रोग देखिएको छ भने उक्त व्यक्तिको रगतको नातातर्फका सबै नातेदारहरुको डिएनए परीक्षण गराउन अनिवार्य हुन्छ ।

    सेती अस्पतालका सामाजिक सेवा इकाइका सामाजिक परिचालक हरि थापाका अनुसार कैलाली र कञ्चनपुरमा अहिलेसम्म सिकलसेल एनिमियाका ५२६ जना बिरामी देखा परेका छन् । यसमध्ये कञ्चनपुरमा १४० र कैलालीमा ३८६ जनाबाट सिकलसेल एनिमिया पीडित छन् । सिकलसेल ३३५ महिला र २९१ पुरुषमा देखा परेको छ ।

    सिकलसेल एनिमियाबाट पीडितमा पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या अधिक रहेको छ । दुई जना पहाडी समुदायका व्यक्तिमा समेत सिकलसेल एनिमिया रोग देखा परेको छ । उनीहरुमा एक जना कञ्चनपुरका र अर्का कैलालीका हुन् ।

    ‘थारु समुदायमा मात्रै देखा पर्ने सिकलसेल एनिमिया पहाडी समुदायमा समेत देखा परेपछि अनुसन्धानको बिषय बनेको छ,’ थापाले भने, उनका अनुसार हालै कञ्चनपुरको बेलौरीमा सिकलसेल एनिमियाबारे आयोजना गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि पुगेका ५०० मध्ये ४० जनामा सिकलसेल एनिमियाको जीन फेला पर्यो । आठ नयाँ रोगी पत्ता लाग्यो ।

    सिकलसेल एनिमिया रोग पहिचान नभएका रोगीहरुको सङ्ख्या गाउँ घरमा धेरै भएको अनुमान गरिए पनि यकिन सङ्ख्या भने कुनै निकायसँग पनि छैन । सिकलसेल एनिमियाको उपचार पद्धति निकै खर्चिलो हुँदा सर्वसाधारणले यस रोगको उपचार गर्न निकै झण्झट व्यहोर्नु पर्छ । कैलालीको सेती अस्पतालमा मात्रै रोग पहिचानको व्यवस्था मिलाइएको छ ।

    सिकलसेल एनिमिया देखा परे बिरामीलाई उपचारका लागि सरकारका तर्फबाट रु. एक लाख अनुदान उपलव्ध गराउने व्यवस्था गरिएको छ । जीवनभर रोगीले औषधि खानु पर्ने भएकाले रु. एक लाख अपर्याप्त भएको सिकलसेल एनिमियाबाट सङ्क्रमितहरुको भनाइ रहेको छ । अनुदान बापत पाइने रु. एक लाख बिरामीलाई नगद उपलव्ध गराउने नभै अस्पतालले त्यस मूल्य बराबरको औषधि रोगीलाई उपलब्ध गराउने गरेको छ ।

    रोगीलाई ६ महिनासम्म दैनिक पेन्सिलिन दिने गर्नुपर्छ । अन्य सङ्क्रमणबाट बचाउन नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ । बच्चामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न न्युमोकोकल भ्याक्सिन दिनुपर्छ । दैनिक फोलिक एसिडको सेवन गर्नु पर्दछ । सेती अस्पतालका सामाजिक सेवाविकास गर्न न्युमोकोकल भ्याक्सिन दिनुपर्छ । दैनिक फोलिक एसिडको सेवन गर्नुपर्दछ । -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यस्ता छन् मेथी खानुका फाइदा र बेफाइदा

    कोरोना भाइरसका कारण पुरुषको शुक्राणुमा असर पर्ने

    नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

    मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ ? ख्याल गर्नुस् है

    शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी

    अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑