सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १८ । धादिङको गल्छी गाउँपालिकामा पृथ्वी राजमार्गमा माइक्रोबससँग ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकललाई ट्रकले किच्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
बुधबार दिउँसो चितवनबाट काठमाण्डौतर्फ जादै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाईकल र काठमाण्डौबाट नवलपरासी तर्फ आउदै गरेको बा ४ ख ५१०३ नम्बरको माईक्रो बस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा न. ५ का २९ वर्षीय राज महर्जन र सोही नगरपालिका वडा न. १२ का ३० वर्षीय कवि कुमार महर्जन सडकमा लडे ।
सोही बेला चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रक ठक्कर दिँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि माइक्रोबस चालक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा