सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १८ । भूमध्यरेखा र गिनीको खाडीनजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।
मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रबिच दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी प्रतिनिधि क्रमशः अमृतबहादुर राई र एन्टोनियो डङ बाले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपाल र इक्वेटोरियल गिनीबीच दौत्य सम्बन्ध स्थापना भएको जानकारी महासचिव एण्टोनियो गुटरेसलाई दिइएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।-रासस
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा