सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पकिस्तानका पुर्व क्रिकेटर शाहिद आफरीदिले कश्मीर न त भारतको न त पाकिस्तानको भएको बताएका छन् । उनले कश्मीर त कश्मीरीहरुको भएको बताएका छन् । आफरीदिले मंगलबार आफनो आत्मकथा ‘गेम चेंजर’ मा भनेका छन कि पाकिस्तानका प्रधानमन्त्रि इमरान खानलाई कश्मीर र कश्मीरका जनताहरुको लागी अरु धेरै गर्नुपर्नेहुन्छ । कश्मीर कश्मीरीहरुकै हो । न त त्यो भारतको हो न त पाकिस्तानको हो ।
३९ बर्षीय यी पाकिस्तानी अलराउण्डर पुर्व क्रिकेटरले भनेका छन कि वाँकि वहस यसपछि होस् । उनले पाकिस्तानका प्रधानमन्त्रि इमरान खानको बयानलाई हवाला दिदै तारीफ गरे जसमा उनले भनेका थिए कि शान्ति स्थापित गर्नको लागी यदि भारतीय पक्षले एक पाइला सारेमा पाकिस्तानले २ पाइला अगाडि बढाउनेछ । शाहिद आफरीदीले आफु पनि ब्यक्तिगत रुपमा यस्तै दृष्टिकोणको हिमायती भएको बताएका छन् ।
क्रिकेटर शाहिद आफरीदीले करतारपुर करिडोर खोल्न र भारतीय वायुसेनाका पाइलट विंग कमाण्डर अभिनंदनलाई छोड्ने निर्णय भारतसँग शन्तिपुर्ण सम्बन्धको प्रयासमा सराहनी भएको पनि बताए । यस्ता शान्ति प्रयासबाट भारत र पाकिस्तानको शान्तिपुर्ण सम्बन्ध अरु मजबुत हुनेनै छ उपमहाद्धिप क्षेत्र पनि फल्ने फुल्नेछ । शाहिद आफरीदीले आफनो आत्मकथा ‘गेम चेंजर’ मा यि सबै कुराहरुलाई उजागरण गरेका छन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा