सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैज्ञानिकहरुको एउटा टिमले चिलिमा १५ हजार बर्षभन्दा पुरानो मानव पदचिन्ह पत्ता लगाएका छन् । यसले दक्षिण अमेरीकी महाद्धिपमा मानवहरु पुग्ने घटनाक्रमसँग जोडिएको पुरानो अनुमानहरुको अगाडि चुनौती खडा गरेको छ ।
अनुसन्धानमा समावेश केरेन मोरेनोका अनुसार, पुर्वको प्रमाणबाट पत्ता लाग्छ कि प्राचीन मानव दक्षिण अमेरिकाको दक्षिणी अन्तमा अवस्थित पेटागोनिया इलाकामा १२ हजार बर्ष पहिलासम्म पनि पुगेका थिएनन् । यस्तैमा चिलिमा पाइएको पदचिन्हले कैयौ सवाल खडा गरेको छ । अनुसन्धानकर्ताले २०१० मा चिलिको ओसर्नो शहरमा यो चिन्हको खोज गरेका थिए । यसको जिवाश्मा अध्ययनबाट पत्ता लागेको छ कि यो कुनै वयस्क मानवको हो जो नाङगो खुट्टाले हिडिरहेको थियो । यो निशान १५ हजार बर्षभन्दा पुरानो भएको कार्वन डेटिंग विधिबाट पत्ता लगाइएको हो ।
यो भन्दा पहिला पुर्वि अफ्रिकी देश तान्जानियामा प्राचिन मानव पदचिन्ह फेला परेको थियो, जो ३६ लाख बर्ष पुरानो थियो । पछिल्लो बर्ष ब्रिटिश कोलंबियामा पनि प्राचीन मानवको पद चिन्ह खोजिएको थियो । वैज्ञानिकहरुका अनुसार, त्यो निशाना १३ हजार बर्ष पुरानो हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा