सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १६ । नेपाल बैंक लिमिटेडले रु. दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।
बैंकको चुक्ता पूँजी रु. ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु. नौ अर्ब ८१ करोड ११ लाख पुगेको छ । बैंकले सो अवधिमा रु. एक खर्ब पाँच अर्ब ६३ करोड निक्षेप सङ्कलन रु. ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रदान गरेको छ ।
विवरण अनुसार बैंकले रु. चार अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.३२ प्रतिशत, आधार ब्याजदर ६.९२ रहेको छ ।
सो विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा भने प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसामा सिमित भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा