सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १६ । आज मितिः २०७६ बैशाख १६गते (सोमबार) काठमाडौँको मौसममा केही बदली वा तापक्रम बढ्दै गएको मौसम पुर्वानुमान महाशाखाले बताएका छन् ।
दिउँसो : देशको पूर्वी भू-भागमा मौसम आंशिक देखि सामान्य रुपमा परिवर्तन, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भू-भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पुर्वानुमान महाशाखाका अन’सार देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन र हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः देशको पूर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन’का साथै हल्का वर्षा पर्ने सम्भावना रहेको जनाएको छ।
बैशाख १७ गते (मंगलबार):
दिउँसोको मौसम देशको पूर्वी भू-भाग लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहने छ भने, बांकि भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
बैशाख १८ गते (बुधबार) दिउँसोः
देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पश्चिमि पहाडि भेगका केहि र बाँकि पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
रातिः देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पहाडि भेगका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा