सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १५ । ज्योति लाईफ इन्स्योरेन्सको कम्पनिको अध्यक्षमा नन्दकिशोर शर्मा नियुक्त भएका छन् । कम्पनिको बैशाख १२ गते बसेको संचालक समितिको बैठकले संचालक शर्मालाई अध्यक्षको रुपमा चयन गरेको हो ।
यसअघि अध्यक्ष पद सम्हालेका पशुपति मुरारकाले आफु कार्यव्यस्तता कारण देखाउदै दिएको राजीनामा गएको चैत्र १ गते बसेको बैठकले स्वीकृत गरेसँगै अध्यक्ष पद खालीे थियो ।
नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हालेका छन् ।
शर्माले यसअघि आई सि एफ सि फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तिय संस्थाहरुमा संचालक तथा प्रबन्ध निर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरीसकेका छन् ।
कम्पनीका उच्च पदाधिकारी तथा संचालक सहित कम्पनीको बैठकमा आयोजित एक कर्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई कम्पनीको स्थापना कालदेखि पु¥याएको योगदान प्रति आभार व्यक्त गर्देै बिदाई गरीयो भने नवनियुक्त अध्यक्ष शर्मालाई स्वागत गरिएको थियो ।
विदा हुदै मुराकाले कम्पनीको अध्यक्षको रुपमा नरहे पनि सधै कम्पनीलाई अवश्यक सल्लाह सुझावहरु निरन्तर प्रदान गर्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा