सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुबईमा बस्ने १७ बर्षिय भारतीय छात्रा सिमोन नुराली अमेरीकाको सात प्रतिष्ठित युनिभर्सिटिमा चयन भएकी छिन् । उनी युनिभर्सिटि अफ पेसिलवेनिया र प्रतिष्ठित आइवी लीग स्कुल समुहमा समावेश डार्टमाउथ कलेज समावेश भएकी छिन । यसको अलावा जर्ज वाशिंगटन युनिभर्सिटि, क्यालिफोर्निया युनिभर्सिटि, जोन हपकिंग्स युनिभर्सिटि, इमोरी युनिभर्सिटि र जर्ज टाउन युनिभर्सिटिले पनि उनलाई भर्ना हुन अनुरोध गरेको छ ।
माता–पितालाई गर्व
नुरालीको यो उपलब्धिले उनका आमा–बुबा धेरै नै खुशी छन र गर्व महसुस गरीरहेका बताएका छन् । पिता समीर नुरालीले आफनो छोरी यो कुराको उदाहरण हुन कि कुनै पनि छात्रा बिना घुस प्रतिब्ठित युनिभर्सिटिमा भर्ना हुन सक्ने उदाहरण भएको बताएका छन् ।
मानव तस्करी बिषयमा लेखेकी थिइन किताब
पढाईमा सधै अब्बल नुराली दुबईको मिरदिफ स्थित अपटाउन स्कुलकी हेड गर्ल हुन् । नुरालीले भारतमा मानव तस्कर बिषयमा द गर्ल इन द पिंक रुम नामक किताव पनि लेखेकी थिइन । स्थानीय मिडियामा नुरालीलाई हवाला दिदै भनिएको छ कि “मलाई लाग्दैन कि यी सबै युनिभर्सिटिमा चयन हुनुको पछाडि कुनै विशेष कारण छैन । यो आफुले आफैलाई खोज्नु जस्तै हो किनभने हरेक ब्यक्तिमा कुनै न कुनै अलग प्रतिभा हुन्छ ।”
यो युनिभर्सिटिमा गर्नेछिन भर्ना
उनलाई कुन युनिभर्सिटिमा भर्ना सोध्दा उनी भन्छिन “म त्यही युनिभर्सिटिमा जानेछु जसको अन्तराष्ट्रिय सम्बन्ध र इकोनोमिक्सको कोर्स सबैभन्दा राम्रो हुनेछ । नुरालीले अरु छात्राहरुले आफुले चाहेको विषय र पेशा चुन्ने सल्लाह दिएकी छिन् ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा