सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १५ । एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि नेपालले कब्जा गरेको छ । मलेसियालाई फाइनलमा ५९ रनले हराउदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनायो ।
सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।
नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रन जोडे। उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७, रोहन दुधराज विक ९ त्यस्तै कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे भने विशाल कुमार पटेल २ रनमा आउट भए।
मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ,सिद्धार्थ कार्तिक,मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा