सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुस लगातार आफनो सैन्य ताकतलाई दिनानुदिन बृद्धि गरीरहेको छ । यही क्रमलाई निरन्तरता दिदै रुसी नेवीले विश्वको सबैभन्दा लामो पनडुब्बि बेलगोरोड आफनो नौसेनामा समावेश गरेको छ । यो पनडुब्बिको तागतको अनुमान यहीबाट लगाउन सकिन्छ कि यसले कुनै पनि ठुलो शहरलाई पलभरमा खरानीमा बदल्न सक्छ ।
जान्नुहोस यो पनडुब्बिसँग जोडिएका विशेष कुराहरु
बेलगोरोड पनडुब्बिको सैन्य परिक्षण आँउदो बर्षदेखी शुरु गरीनेछ भने यसको रणनितिक तैनाथी २०२१ मा हुनेछ । विश्वमा रुस र अमेरीकाले सबैभन्दा धेरै पनडुब्बिलाई अपरेट गर्दछन् ।
विश्वको सबैभन्दा लामो पनडुब्बि बेलगोरोडको लम्बाई ६०४ फिट छ । जो ६ परमाणु तारपीडोले सुसज्जित छ । यसले रुसको सैन्य शक्ति अझ बढ्नेछ ।
यो पनडुब्बि यति गुपचुप तरीकाले आफनो मिशनलाई अन्तिम रुप दिन सक्दछ त्यसैकारण यसलाई रुसको अण्डरवाटर इन्टेलिजेन्स एजेन्सि नाम दिइएको छ । बेलगोरोड पनडुब्बिका कप्तानले सिधै राष्ट्रपति पुटिनलाई रीपोर्ट गर्न सक्नेछन् ।
विशेषज्ञहरुले यदि यी परमाणु तारपिडो मध्ये कुनै एउटालाई मात्र प्रयोग गरीयो भने पनि समुन्द्रमा रेडियोएक्टिभ सुनामी आउन सक्ने सम्भावना रहेको बताएका छन । यो पनडुब्बिको तैनाथी अमेरीकासहित कैयौ देशको खतरा बन्न सक्दछ ।
यसमा लागेको तारपीडोले आफुसँगै २ मेगाटनको परमाणु हतियार लिएर जानमा सक्षम छ । यसको क्षमता अमेरीकाद्धारा जापानको हिरोशिमामा खसालिएको परमाणु बम भन्दा १३० गुणा छ । सोभियत संघ विघटित भए पश्चात रुस कमजोर भएको थियो । यसको अलावा अमेरीका र उसका सहयोगी देशको प्रतिबन्धले रुसी अर्थब्यवस्थालाई धेरै नोक्सान पुर्याएको थियो । रुस कैयौ देशलाई युद्धक हतियार बेचेर मुनाफा कमाईरहेको छ ।
बेलगोरोड पनडुब्बि ८० मिल प्रतिघण्टाको रफ्तारमा चल्न सक्छ । जुन समुन्द्र भित्र १७०० फिट गहिराईसम्म जान सक्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा