• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

      बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

      सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

      २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

      भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

      प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

      कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

      प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

      श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

      महाधिवेशन सरे काँग्रेस समाप्त हुन्छः नेता भण्डारी

      How to Write an Entry Level Resume for Banking Jobs

      नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छः सुजाता कोइराला

      नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना

      कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

      महिला म्याराथनमा धादिङकी रसिला प्रथम

    होमपेज /  समाचार

    दीर्घरोगीको अन्तिम गन्तव्य तातोपानी कुण्ड, यस्ता छन् फाइदाहरु

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १३, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    गलेश्वर, बैशाख १३ । प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ ।

    तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् ।

    उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा अस्पतालमा पुगेर उपचार गर्दा समेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका बिरामीले बताएका छन् ।

    म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयको रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् ।

    देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउँछन् । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताएका छन् ।

    बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६२ वर्षीय प्रेमबहादुर घर्तीले आफू १५ वर्षसम्म तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताए। उनले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताएका छन् । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उनको भनाइ छ ।

    यसैगरी गुल्मीको थर्पुकोट–१ का विष्णु कर्केले पनि विदेशमा रहँदा छालामा समस्या देखिएर औषधि सेवन गर्दा पनि रोग निको नभएको हुँदा तातोपानी कुण्डमा आएर डुबेपछि धेरै ठिक भएको अनुभव सुनाए।

    औषधि उपचारमा मात्रै करीब डेढलाख खर्च गरिसकेका कर्केले हालसम्म तेस्रोपटक तातोपानी कुण्डमा आएको जानकारी गराउँदै रोग निको हुँदै गएको बताए । उनले हातका औँला र पैतालामा समस्या आएपछि उपचारकै लागि दुई महीनाको अवधिमा तीन पटक कुण्डमा आएको अनुभव सुनाए ।

    त्यस्तै से–फोक्सुण्डो गाउँपालिका–८ रिक्म डोल्पाकी मिक्मा केसीको परिवार पनि तातोपानी कुण्ड स्नान गर्न आएको १० वर्ष पुग्यो । उहाँ र श्रीमान्को पनि घुँडा दुख्ने समस्याले गर्दा वर्षमा कम्तीमा पनि एकपटक तातोपानी कुण्ड डुब्न आउने गरेको बताए ।

    उनले बेलाबेलामा घुँडा दुखेर दुःख दिने गरेपछि डुब्न आएको भन्नुहुँदै कम्तीमा पनि एक हप्तासम्म डुब्ने गरेको उनले जानकारी दिए । तातोपानी कुण्डमा डुब्दा पैसा पनि थोरै लाग्ने र औषधि उपचार तथा चिकित्सककोमा जानुभन्दा प्राकृतिक उपचार खोज्दै आएको उनको भनाइ छ । घुँडा दुख्ने, ढाडको समस्या र ग्यास्ट्रिक भएकाले त्यसलाई निको बनाउन आफूहरु तातोपानी आउने गरेको उनी बताउँछन् ।

    प्रेम, विष्णु र मिक्मा त केबल प्रतिनिधि पात्र मात्रै हुन् । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका छन् । पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।

    कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमीनमुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहिआएको छ ।

    तातोपानीमा उपचारका लागि आउने यातायातका साधनबाट नै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका साधन आउने गर्दछन् । बेनीदेखि पनि तातोपानी कुण्डसम्म पुग्नका लागि बस, ट्याक्सी, जिपलगायतका सबै साधन पाइन्छन् । बेनीदेखि बसमा रु ७० र ट्याक्सीमा १५० तिरेपछि तातोपानीमा पुग्न सकिन्छ । तातोपानीबजारमा पुगिसकेपछि त्यहाँ होटल तथा कोठा भाडामा लिएर बस्न पाइन्छ । होटलको राम्रो प्रबन्ध पनि छ । त्यसैगरी आफैँ पकाएर खानेलाई कोठासँगै ग्यास चुल्हो पनि घरधनीले दिने गर्छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

    नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

    मुस्कान खातुनलाई राष्ट्रपतिद्धारा सम्मान

    आगामी असार ११ र १२ मा रोजगार सम्मेलन

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    नेप्सेमा दोहोरो अङ्कको गिरावट

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑