सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १२। महानगरीय अपराध महाशाखाले कुनै पनि कागजत तथा रेकर्ड नराखी सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले दोलखा वैतेश्वर घर भई काठमाडौं बालाजु बस्ने ४६ वर्षीय दिलबहादुर खत्री र २० वर्षीय राजकुमार दाहाललाई पक्राउ गरेको हो ।
ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गरेको गुनासो आएपछि अपराध घट्न नदिन खत्री र दाहाललाई पक्राउ गरी कारवाही थालिएको महाशाखाले जनाएको छ ।
बालाजु नयाँबसपार्कमा सन्चालन रहेको पसलमा प्रहरीले खानतलासि गर्दा एनटिसिको सिमकार्ड १० थान र एनसेलको सिमकार्ड २६ थान समेत बरामद् गरेको छ। उनीहरुलाई दुरसञ्चार ऐन,२०५३ अर्न्तगत कारबाही प्रक्रिया अगाडी बढाइएको महानगरीय प्रहरीले जनाएको छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा