सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
श्रीलंकाको राजधानी कोलंबो भन्दा ४० किमि पुर्वमा पुगोडा शहरमा विस्फोट भएको खबर आएको छ । राइटर्सका अनुसार, यो शहरबाट विस्फोटको आवाज सुनिएको बताइएको छ । यद्यपी, यसमा कुनै पनि ब्यक्ति हताहत भएको खबर भने आएको छैन ।
ईस्टर सन्डेमा भएको आत्मघाती आक्रमण र सिलसिलेवार आक्रमण पछि देशमा आपतकाल लागु गरिएको छ । पुरा देश हाई अलर्टमा रहेको छ । आतंकी आक्रमणको जाँच गरीरहेको छ । आक्रमण होटल र चर्चलाई निशाना बनाएर गरीएको छ ।
सेनाको मद्यतमा गरिएको जाँच अभियान अहिलेसम्म जारी रहेको छ । अहिले १६ अरु शंकास्पदलाई पक्राउ गरीएको छ । पक्राउ शंकास्पदको संख्या ७६ पुगेको छ । उनीहरुसँग सोधपुछ जारी रहेको छ ।
मानीएको छ कि ९ आत्मघाती आक्रमणकारी स्थानीय इस्लामि संगठन नेशनल तौहीद जमातका सदस्य थिए । यो संगठनलाई आक्रमणको जिम्मेदारी ठहराइएको छ तर उसले भने आक्रमणको जिम्मेदवारी लिएको छैन । देशभरमा करिब ६ हजार सेनाको जवान तैनाथ गरीएको थियो ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा