• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

      जोरायलका जङ्गलमा आगलागी

      अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

      २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

      संसदीय दलको नेतामा प्रचण्ड चयन

      तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

      सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

      लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

      सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

      काँग्रेस सरकारमा जानु हुँदैनः नेता सिंह

      बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

      ५० मेगावाटका चार जलविद्युत् आयोजना निर्माणाधीन

      भारतीय युवकको शव आफन्तलाई बुझाइने

      हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

      प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

    होमपेज /  समाज

    रभुँवाघाटका माझी समुदायको जीवनशैली फेरिँदै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १२, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    खोटाङ,  बैशाख १२ । दूधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेशा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित र भुँवाघाटका अधिकांश माझी समुदायको अहिले शहरमा घर तथा घडेरी छ ।

    सम्पत्ति नजोड्नेले पनि आफ्ना परिवारलाई शहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताए । उनका अनुसार स्थानीय सोम माझी २०४१ सालमा विदेश गएपछि रभुँवाघाटमा बसोबास गर्ने माझी समुदायका युवाले विदेश जाने क्रम शुरु गरेका हुन् ।

    झण्डै ३४ वर्षयता त्यहाँका अधिकांश माझी युवा वैदेशिक रोजगारीमा संलग्न रहेको पाइएको छ । उच्च शिक्षा हासिल गर्ने अवस्था नभएका माझी समुदायको आर्थिक उपार्जनको एक मात्र विकल्प वैदेशिक रोजगार बनेको हो ।

    अहिले रभुँवाघाटका माझी समुदायमा वैदेशिक रोजगारीमा नगएका घरपरिवार भेटिन्न । हरेक घरबाट एकदेखि तीन जनासम्म विदेश गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता बाबुराम जोशीले बताए ।

    विदेशमा पसिना बगाएर कमाएको पैसाले कतिपय माझी युवाले गाउँमै आकर्षक घर बनाएर बसेका छन् । तीन दशकअघिसम्म स–साना झुपडीमा बसोबास गर्ने माझी परिवार पछिल्लो समय जस्ताका छानो हालेर बनाएको चिटिक्क परेको घरमा सोलारको उज्यालो बालेर बस्न थालेका छन् ।

    हेर्दै उराठ लाग्दो फुस्रो डाँडा रहेको रभुँवाघाटमा पछिल्लो समय खरका छाना भएको घर विस्थापित हुने क्रम तीव्र छ । यसअघि रभुँवाघाटका माझी समुदाय सोही घाटमा डुङ्गा चलाउँदा प्राप्त हुने घाटे पाथी (अन्न) ज्याला उठाएर र माछा मारेर बेचेको पैसा वा माछासँग साटेको अन्नले जीविका चलाउँदै आएका थिए ।

    रभुँवाघाटमा जन्मिएर शहरमा बसोबास गरिरहेका माझी परिवार वैशाख पूर्णिमा र फागुन तेस्रो साता गरिने कोशी पूजाका बेलामा मात्र गाउँमा भेला हुने गरेको स्थानीय युवा नेता खेमराज देउसालीले बताए । “माझी समुदायका हरेक व्यक्ति अहिले केही न केही पेशामा आवद्ध छन्”, उनले भने, “उनीहरु विभिन्न पेशामा आवद्ध भएकै कारण गाउँमा बस्न पाउँदैनन् ।”

    जिल्लाको लामीडाँडा रभुँवाघाट, घोपाटार, जयरामघाट, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायत सुनकोसी र दूधकोसी किनारमा माझी समुदायको बसोबास छ । लामीडाँडामा मात्र ८७ माझी परिवारको बसोबास छ । तीमध्ये ६२ घर माझी रभुँवाघाटमा रहेको माझी उत्थान सङ्घले जनाएको छ ।

    आर्थिकरूपमा समृद्ध हुँदै गएको रभुँवाघाटमा माझी समुदायको बाक्लो बस्ती भए पनि आधारभूत तहको विद्यालयसमेत छैन । माझीगाउँमा रावा कक्षा–३ सम्म पढाइ हुने प्रावि मात्र सञ्चालनमा छ ।

    प्रावि तहको अध्ययन पूरा गरेपछि स्थानीय बालबालिका एक घण्टा उकालो हिँडेर विश्वज्योति मावि जान बाध्य छन् । नजिकमा उच्च शिक्षा आर्जन गर्ने विद्यालय नभएपछि अधिकांशले बीचैमा पढाइ छाड्ने गरेका जनाइएको छ ।

    गाउँमा शिक्षाको वातावरण सिर्जना गर्न कसैको ध्यान नपुगेको प्रति माझी समुदायको गुनासो छ । वैदेशिक रोजगारीबाट माझी समुदायको आर्थिक उन्नति हुँदै गए पनि शैक्षिकस्तर भने अझै नाजुक छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    जोरायलका जङ्गलमा आगलागी

    अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    संसदीय दलको नेतामा प्रचण्ड चयन

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    संसदीय दलको नेतामा प्रचण्ड चयन

    तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

    बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    सेतोखबर बिशेष

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट...  विस्तृतमा

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑