सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १२ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ।
बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सकरारी र राजकुलोको जग्गा समेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषदमा पेस गरेको विवरण पाएको समाचार कान्तिपुर दैनिकमा छ।
बालुवाटारको ११३ रोपनी जग्गा २०४९ सालमा विभिन्न व्यक्तिका नाममा दर्ता भइरसकेको थियो भने करिब ३५ रोपनी जग्गा खाली थियो। त्यो खाली जग्गाको बीचबीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाइ व्यक्तिको नाममा दर्ता गरिएको थियो। त्यहाँ राजकुलो र बाटो समेत थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा