सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ११ । एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले मध्यपुर थिमी नगरपालिका वडा नं. ६ मा नयाँ शाखा संचालनमा ल्याएको छ । त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखा, चद्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकमा र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।
बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १५ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा