सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
अध्यक्ष राणाले कुनै राजनीतिक दलप्रति आवद्ध नरहेको पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिन उपयुक्त हुने तर्क पनि गरे। बुधबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रप्रति प्रतिबद्ध पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिने एजेन्डामाथि सरकारले प्रतिबन्ध लगाउन खोजेको भन्दै आपत्ति पनि जनाए।
अध्यक्ष राणाले आधुनिक नेपालको निर्माण पूरानै राजसंस्थाबाट भएकाले त्यसको विरोध गर्नेहरु प्रजातन्त्रवादी हुनै नसक्ने दावी समेत गरे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा