सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ११ । सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ।
कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो।
विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुनस् माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा