• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

      स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता

      वामदेवसँग ओलीको प्रस्ताव: एक वर्ष प्रम रहन दिनु, अर्को वर्ष प्रचण्डलाई छाड्छु

      ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस र प्रचण्ड–माधव पक्ष

      सेयर बजारमा उछाल आउँदा चीनमा २५० नयाँ अर्बपति थपिए

      आइएमई केबलकार चन्द्रागिरिपछि लुम्बिनीमा

      आज फागुन १९ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

      चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

      साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    होमपेज /  राजनीती

    राजपाभित्र देखियो लफडा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १०, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, बैशाख १० । फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ ।

    दुई वर्ष अघि (विसं २०७४ वैशाख ८ गते) पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ । पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले रडाको मच्चिएको छ । संविधान संशोधनलगायत मुद्दामा सङ्घर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै बरु सरकारमा सामेल भएर पनि टिकेन ।

    नेतृत्वको महत्वकांक्षी र परिपक्क एजेण्डाको अभावमा राजपा रुमलिन पुग्यो । दुई वर्षको अवधिमा पार्टी जहाँको त्यही रह्यो । पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे । पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न नसक्दा राजपा आफैँ रुमलिएको छ । नेता कार्यकर्तामा सन्त्रास पैदा भएको छ । गाउँ, वडा र जिल्ला तहदेखि केन्द्रीयस्तरमा नेता कार्यकर्ताबीच राम्रो तालमेल छैन । पार्टीको एकताको महाधिवेशन घोषणा गरे पनि त्यसलाई विभिन्न बहानामा लम्ब्याउने चालबाजी भइरहेको छ ।

    पछिल्लो उदाहरणको रुपमा यही वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको घोषित महाधिवेशन स्थगनलाई लिन सकिन्छ । महाधिवेशनका लागि तयारी नपुगेको भन्दै राजपाले महाधिवेशन स्थगित गरेको थियो । पार्टीको पदाधिकारी समितिले महाधिवेशनको मिति तोक्ने निष्कर्ष निकाल्दै केही साताअघि राजपा अध्यक्ष मण्डलको बैठकबाट निर्णय भएको थियो ।

    उक्त निर्णयअनुरुप राजपाको पदाधिकारी समितिको आइतबारदेखि जारी बैठकमा पुनः महाधिवेशन गर्ने या नगर्ने सम्बन्धमा नेताबीच मत बाझिएको छ । अध्यक्ष मण्डलका बहुमत सदस्य एकता महाधिवेशनको पक्षमा रहे पनि केही सदस्य नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

    सोमबारको बैठकमा राजपा अध्यक्ष मण्डलका छ जना सदस्यको बोल्ने क्रम सकिएको छ । राजपाका एक पदाधिकारीले राससलाई दिएको जानकारीअनुसार राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, नेता महन्थ ठाकुर र राजेन्द्र महतो एकता महाधिवेशनको पक्षमा रहेका छन् भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिएका छन् ।

    आजको बैठकमा पार्टीका अन्य पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । बैठकमा संयोजक भण्डारीले महाधिवेशनसम्बन्धी प्रक्रिया एवं तिथि, मिति निर्धारणसहितका पाँचबुँदे एजेण्डा बैठकमा प्रस्तुत गरेका छन् ।

    महाधिवेशन सम्बन्धमा राजपाले दुई–दुई विकल्प प्रस्तुत गरेको छ । जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महीनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महिनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ ।

    त्यस्तै संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारवाही कसरी प्रभावकारी बनाउनेसम्बन्धी प्रस्ताव छ ।

    बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहललगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ । पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न नसकेको राजपाले एकताको महाधिवेशनसँगै अन्य मधेश केन्द्रित राजनीतिक शक्तिसँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउने जनाएको छ ।

    पदाधिकारी समितिको बैठकमा उक्त विषयले प्रवेश पाए पनि राजपाभित्रै बेइमेल रहेकाले उक्त प्रक्रियाले सार्थकता पाउने या नपाउने भन्ने अन्योलनै छ । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरणका लागि दुई चरणमा पत्राचार आदन–प्रदान भइसकेको छ । तथापी पार्टी एकीकरणको प्रक्रियाले गति लिन सकेको छैन् ।

    यतिखेर राजपा महाधिवेशनको सङ्घारमा उभिएको छ । केही महीनाअघि वर्तमान सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएको राजपाले पुनः फर्किने वा एजेण्डामा केन्द्रित हुने भन्नेबारे अलमलमै छ । अर्कोतर्फ आफ्ना मुद्दामा विचार मिल्ने शक्तिसँग गठबन्धन गरी सङ्घर्षमा जाने बताएको राजपा आफैँभित्रको तालमेल मिलाउन सकेको छैन ।

    विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकले निर्णय लिनेछ । बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नाका साथै स्थानीय र प्रदेश सरकारको कामकारवाहीका बारेमा समीक्षासमेत हुने अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले बताए ।

    महाधिवेशन नहुञ्जेल राजपामा हरेक दुई महीनाभित्र संयोजक तोकिने प्रावधान रहेको छ । राजपाका १७ जना प्रतिनिधिसभा र दुई जना राष्ट्रियसभामा गरी जम्मा १९ सांसद छन् । तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) र शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी मिलेर राजपा गठन भएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    संसद् पुनःस्थापना भए पनि आकाश खस्दैन : उर्जामन्त्री रायमाझी

    निर्वाचन भए चुनाबमा जान्छौ: अध्यक्ष ढकाल

    प्रतिनिधिसभा विघटनको बिरोधमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन गर्ने

    भागरथी हत्या प्रकरणको अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

    जसपाका स्थायी समिति सदस्य हवारी केपी ओलीको नेकपामा प्रवेश

    भारतीय पूर्वप्रधानमन्त्री र उपराष्ट्रपति देखि दर्जन सांसद र कुटनीतिज्ञलाई भेटेर फर्किए एकनाथ ढकाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

    स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता

    वामदेवसँग ओलीको प्रस्ताव: एक वर्ष प्रम रहन दिनु, अर्को वर्ष प्रचण्डलाई छाड्छु

    ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस र प्रचण्ड–माधव पक्ष

    सेयर बजारमा उछाल आउँदा चीनमा २५० नयाँ अर्बपति थपिए

    सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

    बुधबारदेखि जङ्गी अड्डामा पृतनापति समन्वयात्मक बैठक

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑