• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आर्थिक ऐनले दिएको छुट उपयोग गर्न आन्तरिक राजस्व कार्यालयको आग्रह, के केमा छ छुट ?

      प्रथम छहरे महोत्सव तथा व्यापार मेला सुरु, फागुन २२ सम्म चल्ने

      काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

      नेपाली परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

      हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

      रुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित

      आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

      झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

      झापामा पहिलो रबर उद्योग स्थापना

      अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

      १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

      पिएसएल खेल्न पाकिस्तान गए सन्दीप

      आफ्नै गाउँमा बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

      निगमको साखलाई अझ उँचो बनाउँदै यादव

      स्थानीय तह र वडा थप गर्न सिफारिस

    होमपेज /  मुख्य समाचार

    समृद्धिका लागि साहस र धैर्य चाहिन्छ : प्रधानमन्त्री ओली

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १०, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए ।

    ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यसँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ ।’

    प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताए ।

    ‘नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यस पटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने छ’, उनले भने, ‘सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेका छन् । तीनलाई कुनै विवाद नहुने गरी सोको टुङ्गो लगाइनेछ । नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइनेछ ।’

    प्रधानमन्त्री ओलीले पासाङल्हामु सबैको प्रेरणा र आदरणीय व्यक्तित्व भएकाले उनको स्मरणलाई अर्थपूर्ण र सम्मानजनक ढङ्गले स्थापित गर्न पासाङल्हामु स्मारक निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्मारकका लागि उपयुक्तस्थलको खोजी गर्न प्रतिष्ठानलाई आग्रह गरे ।

    उनले पासाङल्हामुको स्मृति र योगदानलाई कदर गर्दै मुलुकको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा प्रतिष्ठानले पुर्याएको योगदानको प्रशंसा पनि गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानकै परिवारका महत्वपूर्ण सदस्य पर्यटन व्यवसायी स्व.आङछिरिङ शेर्पा, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधनप्रति दुःख व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति सरकार र प्रतिष्ठानले गर्नसक्ने काम गर्ने प्रतिबद्धता जनाए ।

    पासाङल्हामु स्मारकस्थल चुच्चेपाटी, बौद्धमा पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले पासाङल्हामु शेर्पा मेमोरियल कलेजका उत्कृष्ट विद्यार्थी ममता बराल, रञ्जना गौतम, सोभिता गौतम, विकास अधिकारीलगायतलाई नगदसहित पुरस्कृत गरेका थिए ।

    प्रतिष्ठानका अध्यक्ष कृपाशुर शेर्पाले पासाङल्हामुले नेपालको पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानलाई चिरस्मरण राख्न स्मारक निर्माणका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

    राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल भएका थिइन् । उनले विसं २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो ।

    सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए । उक्त आरोहणसँगै नेपालमा व्यावसायिकरुपमा हिमाल आरोहण शुरु भएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आर्थिक ऐनले दिएको छुट उपयोग गर्न आन्तरिक राजस्व कार्यालयको आग्रह, के केमा छ छुट ?

    प्रथम छहरे महोत्सव तथा व्यापार मेला सुरु, फागुन २२ सम्म चल्ने

    काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

    नेपाली परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    आर्थिक ऐनले दिएको छुट उपयोग गर्न आन्तरिक राजस्व कार्यालयको आग्रह, के केमा छ छुट ?

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑