सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १०। मंगलबार सुनको मूल्य घटेको छ। सोमबार ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा