सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ९। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखेको आरोप लगाएका छन् ।
सोमबार कम्युनिस्ट पार्टी स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखिरहेको र सो कुरा आफूलाई विचित्र लागेको बताएका हुन्। उनले कांग्रेसले आफूलाई लोकतन्त्रवादी भन्न छाडिदिए हुने सुझाव समेत दिएका छन् ।
ओलीले भने ‘कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ,’ ‘अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ,’ ओलीले भने ‘सैद्धान्तिक रूपमा कुनै पनि लोकतन्त्रवादी जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको पक्षमा हुँदैनन् ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा