सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ९ । सिटिजन्स बैंकले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” मा जम्मा भएको १० लाख ३७ हजार ९७ रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच कोषमा बैंकको तर्फबाट १० लाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको ३७ हजार ९७ रुपैया गरी जम्मा १० लाख ३७ हजार ९७ रुपैया जम्मा गरेको हो ।
बैंकले बारा र पर्सामा विनाशकारी हावाहुरी पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको थियो ।
बैंकले सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत गरेको यस परोपकारी कार्यलाई प्रधानमन्त्रि ओलीले धन्यवाद ज्ञापन समेत गरेका छन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा