सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ९। सरकारसँग वार्ता गर्न राप्रपाले वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरञ्जन थापा सदस्य रहेका छन्।
राप्रपाले फागुन सात गते सरकारलाई बुझाएको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न भन्दै आतबार कानुनमन्त्री भानुभक्त ढकालले सकारकातर्फबाट पत्र लेखी मंगलबार वार्ताका लागि बोलाएका थिए।
सरकारले वार्ताकालागि बोलाएपछि त्यसलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता टोली गठन गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा