सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तिब्रता दिएको छ।
नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिएका हुन्।
बिहीबार काठमाडौंमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले फोर जी सेवा विस्तारका लागि साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको पनि बताए।
नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा संचालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो। सोही सम्झौता अनुसार सबै प्रदेशमा साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको प्रवक्ता बैद्यले बताए।
उनले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्रयाउने काम सुरु गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गर्ने पनि बताए।
नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो।
प्रवक्ता बैद्यले १ करोड लाईन मोबाईल आयोजना अन्तरगत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोबाईल टावर थप गर्ने कामलाई पनि निरन्तरता दिइएको बताए।
नेपाल टेलिकमले सो आयोजना अन्तरगत मोवाईल टावर थप गर्ने काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको पनि जनाएको छ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा