• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

      ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

      मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

      महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

      तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

      खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछः स्वास्थ्यमन्त्री

      २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

      घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

      विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

      कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

      एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

      दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

      नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

      एक डोज मात्रै लगाए पुग्ने कोरोनाको खोपले पायो अनुमति

      मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    होमपेज /  आर्थिक

    माथिल्लो तामाकोशीको लागत ३५ अर्बबाट ७० अर्ब पुग्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ९, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रमेश लम्साल /काठमाडौँ,  वैशाख ९ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको छ ।

    ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने विषयमा समस्या भएपछि आयोजनाबाट उत्पादन हुने विद्युत्को समयसीमा समेत पर सर्दै गएको थियो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको यही वैशाख २२ गतेभित्र पेनस्टक पाइप जडान हुने भएको छ । माथिल्लो ठाडो सुरुङमा यही वैशाखभित्रमा पेनस्टक पाइप जडान शुरु हुनेछ । आयोजनाको तल्लो ठाडो सुरुङ ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ ।

    तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाई र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्नेछ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने घुमाउरा ‘बेण्ड पेनस्टक पाइप’ जडान भइसकेका छन् । ती पाइपभन्दा माथि पाइप जडान शुरु गर्न अत्याधुनिक उपकरणसहितको क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

    पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकाले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । प्रवद्र्धक माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकाले नै गरिरहेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको २०७६ बैशाख ७ गते शनिबार र ८ गते आइतबार स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्य निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिए ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनानुसार कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गरेका छन्।

    मन्त्री पुनले पछिल्लोपटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए । बैठकमा टेक्स्म्याकोका मुख्य कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाललगायत प्रमुख डिजाइन र जडान इञ्जिनीयर, सिभिल ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका आयोजनाका प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिको उपस्थिति थियो ।

    “माथिल्लो तामाकोशीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तीव्रता दिनुहोस्”, घिसिङले भने । “विद्युत् गृहको काम सकिएर त्यहाँ रहेका टर्वाइन पानी पर्खिएर बसेका छन्, मुलुकको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने राष्ट्रिय गौरवको आयोजनाको आफूले लिएको जिम्मेवारी छिट्टो पूरा गरी दिनुहोस्”, कार्यकारी निर्देशक घिसिङले भने ।

    बैठकमा टेक्स्म्याकोका सिइओ अग्रवाललगायत अन्य ठेकेदार कम्पनीले आआफ्नो काम एक अर्कासँग समन्वय गरी निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । “हामीलाई अवसर दिनुहोस्, काम निर्धारित समयमै सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ”, अग्रवालले भनेका छन् ।

    बैठकमा आयोजनाको अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिका बारेमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । त्यस्तै बाँध, इन्टेक र बालुवा थिग्र्याउने पोखरीमा आगामी जेठ महीनाको पहिलो साताभित्रमा पानी भरी परीक्षण गर्नेबारे छलफल भएको थियो ।

    “बाँधस्थलका संरचनामा आगामी जेठको पहिलो साताभित्र पानी भरी संरचना र गेटको परीक्षण शुरु गरिसक्नु पर्छ”, घिसिङले निर्देशन दिँदै भने, “मुख्य सुरुङमा कङ्क्रिट लाइनिङको काम छिट्टो सक्नुहोस् ।” गोरखा भूकम्प तथा त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

    आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर हाइड्रोमेकानिकल ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि आगामी पुसभित्र पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समय तालिका तय गरिएको छ ।

    आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु ३५ अर्ब २९ करोड ४१ लाख थियो । निर्माण अवधिको ब्याज रु १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बंैक कमिसनसहित आयोजनाको अनुमानित लागत रु ४८ अर्ब ८६ करोड थियो । अहिले आयोजनाको लागत रु ४९ अर्ब २९ करोड ५५ लाख पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको व्याज रु १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत रु ६९ अर्ब ५९ करोड पुग्ने संशोधित अनुमान छ ।

    आयोजनामा कर्मचारी सञ्चय कोषले रु १० अर्ब, नेपाल टेलिकमले रु छ अर्ब, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले रु दुई/दुई अर्ब र अपुग रु ११ अर्ब आठ करोड नेपाल सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको छ, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुई/दुई प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५, दोलखावासीको १०, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    मोरङमा १० लाख फिरौती माग्ने ३ जना पक्राउ

    महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

    तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

    ओलीको लैंगिक रुपमा गरिएको आलोचना खेदजनक : मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

    ईलामका  टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑