सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, बैशाख ५ । कैलालीको लम्कीमा शंकास्पद बस्तु फेला परेको छ । लम्की चुहा नगरपालिका वडा नम्बर १ को बसपार्क स्थित काउन्टर नजिकैको प्रतिक्षालयमा बिहानै शंकास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय लम्कीमा इन्स्पेक्टर सुरेन्द्र जोशिले जानकारी दिए ।
झोलामा रातो प्लास्टिक भित्र राखिएको गर्हौं चिज संगै बाहिर तार समेत देखिएकाले शंकास्पद बस्तु हुनसक्ने बताउदै उनले कोहि यात्रुले सामान छोडेको होला भन्दै बिहान केही स्थानीयले हेरफेर गरेको तर पछि त्यसमै तार समेत देखेपछि डराएर प्रहरीलाई जानकारी गराएको बताए । अहिले उक्त बस्तु शंकास्पद बस्तु हो/होइन पत्ता लगाएर निष्क्रिय गर्न नेपाली सेनाको टोलि आइसकेको इन्स्पेक्टर जोशिले बताए ।
उनले आज नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द गरेकाले पनि स्थानीयहरु यस्ता शंकास्पद वस्तु देखि डराएका हुन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा