सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ५ । ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले तीन करोड ४० लाख कर तिर्नुपर्ने भएको छ। आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छली निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो। यो रकम जरिवाना र ब्याजसहितको हो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर(भ्याट) संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो’, राजस्व स्रोतले भन्यो, ‘सबैभन्दा बढी भ्याट शीर्षकमा कर निर्धारण भएको छ।’ दोस्रो बढी कर राइडरलाई भुक्तानी हुने रकमको अग्रिम करकट्टीको १५ प्रतिशत हो।
‘उसका लागि निर्धारण गरिएको संस्थागत आयकर भने थोरै छ’, स्रोतले भन्यो। कुन शीर्षकमा कति कर निर्धारण भएकोबारे कर अधिकृतहरूले औपचारिक प्रतिक्रिया दिन चाहेनन्। ‘टुटललाई सूचना दिएर सुनुवाइको मौका दिई कर निर्धारण गरिएको हो’, कर कार्यालयका ती अधिकारीले भने।
टुटलले २०७३ ७४ मा उपभोक्तामाझ आफ्नो विद्युतीय बिलमै उल्लेख गरी एक वर्षसम्म भ्याट उठाएको थियो। त्यसपछिका वर्षहरूमा भने उसले उपभोक्ताहरूलाई दिने बिलमा भ्याट भनेर उल्लेख गरेको छैन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा