सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, बैशाख ४ । कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट नेत्रविक्रम चन्द बिप्लव समूहका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् ।
मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
बिप्लवका भीमदत्तनगर सेक्रेटरी रघुवीर जोशी र कृष्णपुर नगर सेक्रेटरी रामदत्त भट्टलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा