• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

      सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

      २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

      भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

      प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

      कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

      प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

      श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

      महाधिवेशन सरे काँग्रेस समाप्त हुन्छः नेता भण्डारी

      How to Write an Entry Level Resume for Banking Jobs

      नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छः सुजाता कोइराला

      नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन गर्ने योजना

      कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

      महिला म्याराथनमा धादिङकी रसिला प्रथम

      अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    होमपेज /  आर्थिक

    कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ‘ए’काे निर्माण सम्पन्न हुदैँ

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ४, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रमेश लम्साल/ काठमाडौँ, बैशाख ४ । लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् ।

    ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।

    कुलेखानी तेस्रोको कूल चार दशमलव दुई किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिसकिएको छ । यस्तै माथिल्लो त्रिशूली थ्रि एको करीब पाँच किलोमिटर लामो मुख्य सुरुङमा आजदेखि बुधबारबाट पानी पठाएर परीक्षण शुरु गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    “अनेकन समस्या झेल्दै करीब करीब रुग्ण बनेका दुई आयोजना निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत् उत्पादन गर्ने अवस्थामा पुगेको छ”, हर्षित मुद्रामा कार्यकारी निर्देशक घिसिङले भने, “कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौँ, यो आयोजनको महत्पूर्ण उपलब्धी हो । विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, केही समयभित्रै विद्युत् उत्पादन शुरु हुन्छ ।”

    हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडले समयमा काम नगरी लापरवाही गरेको र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ हुँदै आएको थियो । विद्युत गृह, सुरुङलगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सो आयोजनामा एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको काम प्रभावित भएको थियो ।

    प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभाशकुमार मिश्रले बताए । “विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करीब ५०० मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत् उत्पादन प्रभावित हुँदैन”, उनले भने ।

    मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गरिएको छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको सहायक आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको शुरुको लागत रु दुई अर्ब ३३ करोड थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत दोब्बरले बढेर रु चार अर्ब ६३ करोड पुगेको छ ।

    यस्तै रसुवा र नुवाकोटको सीमामा निर्माण भइरहेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको ३० मेगावाट विद्युत् यही १७ वैशाख भित्रै उत्पादन गर्ने तयारी गरिएको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उनका अनुसार मुख्य सुरुङमा पानी परीक्षण शुरु भएको छ ।

    “यही १७ वैशाख भित्रमै एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ”, उनले भने । त्यस्तै आयोजनाको दोस्रो युनिटबाट ३० मेगावाट विद्युत् आगामी असारभित्र उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    प्रसारण लाइनसहित कूल लागत करीब रु १२ अर्ब ६० करोड रहेको सो आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो ।

    भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भएको थियो । पछि भारतको नाकाबन्दीका कारण आयोजनाले थप समस्या भोगेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    नेप्सेमा दोहोरो अङ्कको गिरावट

    इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    सभ्य समाज निर्माणका लागि अग्रसर रहौंः राष्ट्रपति भण्डारी

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

    २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिए, ४२ ले गरे स्वास्थ्य लाभ, एकको मृत्यु

    प्रमुख आयुक्त प्रेमकुमार राईले पेन्सन सुविधा नलिने घोषणा

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    श्रीमान्‌ बोकेर दौडिए श्रीमतीहरू

    मुस्कान खातुनलाई राष्ट्रपतिद्धारा सम्मान

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    How to Write an Entry Level Resume for Banking Jobs

    अझै अघि बढेन तीनकुने पुल निर्माणको काम

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ‘नारी बचत खाता’

    मुल्य बृद्धि संगै बजार कागज अभाव, ब्यवसायीहरु मर्कामा, अनावश्क मौजदात नराख्न महासंघको आग्रह

    नेप्सेमा दोहोरो अङ्कको गिरावट

    सेतोखबर बिशेष

    सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र, पूर्णपाठ सहित

    काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको...  विस्तृतमा

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑