सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ४ । बालुवाटारस्थित प्रधानमन्त्री निवास पछाडिको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान राष्ट्रिय झण्डा लिएर जग्गामा पुगेका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित एक दर्जनबढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत विक्रि भएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित उत्रिएका थिए ।
उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरुले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउने नागरिकको हकमाथि हनन् गरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
जग्गा विवादमा सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको नाममा समेत मुछिएको छ ।
देशभरका सरकारी जग्गा भूमाफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाँडने अभियान संचालन गर्नु परेको दलका अध्यक्ष थापाले जानकारी दिए।
दलका नेता, कार्यकर्ताहरुले बालुवाटारमा रहेको १ सय १४ रोपनी सो जग्गा भूमाफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । उनीहरुले सरकारी जग्गा नेताहरुको नाममा आएको पाइएको उल्लेख गर्दै ‘नेता हुन की भूमाफियारु’ भनि प्रश्न पनि गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा