• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

      जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

      २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

      धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

      ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

      सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

      अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

      म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

      टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

      राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

      नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

    होमपेज /  विश्व

    यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए ‘भिटो’

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ४, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका छन् ।

    अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गरेको यो दोस्रो विशेषाधिकार हो ।

    अमेरिकी कङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक रहेको बताए । “मेरो संवैधानिक अधिकारलाई कमजोर तुल्याउन खोजियो । यसबाट अमेरिकी नागरिक र सैनिकको जीवनलाई आजमात्र होइन आगामी दिनमा पनि जोखिममा पार्न खोजिएको छ ।”

    अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैन्य सहयोगको दुरुपयोग भएको भन्दै त्यस्तो सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्राट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कानुनको रुप लिन्थ्यो ।

    राष्ट्रपति ट्रम्पले सिनेटको उक्त प्रस्ताव अस्वीकृत गर्ने र आवश्यक परे विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने चेतावनी यसअघि नै दिइसकेका थिए ।

    अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्रस्ताव २४७ – १७५ ले पारित भएको थियो । सिनेटले गत महिना नै यो प्रस्ताव पारित गरेको थियो ।

    ह्वाइट हाउसले संसदको उक्त प्रस्ताव दोषपूर्ण रहेको जनाउँदै यसले साउदी अरेबिया समेतका खाडी क्षेत्रसँगको द्विपक्षीय सम्बन्धमा समस्या आउने बताएको थियो ।

    संसदमा डेमोक्राट सदस्यहरुले साउदी अरेबियाको अग्रसरतामा बनेको गठबन्धनमा कङ्ग्रेसको अख्तियारी बेगर नै अमेरिकाको सहभागिता गैरसंवैधानिक हुने तर्क अघि सारेका थिए । खासगरी हातहतियारको आपूर्ति र लडाकू विमानमा तेल भर्ने कार्य संवेदनशील कार्य हो ।

    उदारवादी सिनेटर बर्नी स्यान्डर्स जस्ता धेरै सांसदहरुले युद्ध र शान्तिका विषयमा अमेरिकी सांसदहरुले निर्णय गर्न पाउनुपर्ने भन्दै वर्षौंदेखि बहस गरिरहेका छन् ।

    “कङ्ग्रेसले आफ्नो जिम्मेवारी पुनः महसुस गर्दैछ, र यो यमनका सन्दर्भमा मात्र लागू हुँदैन यो भविष्यका लागि पनि हो,” यमन प्रस्तावका मूल लेखक स्यान्डर्सले संसदमा मतदानपछि बताएका थिए। उनी सन् २०२० का लागि राष्ट्रपतिका उम्मेदवार समेत हुन् ।

    उनले यमनको रक्तपातपूर्ण युद्धबाट तत्काल अमेरिका बाहिरिनु पर्दछ भने ।

    विदेश नीतिका मामिलामा संसदले आफ्नो संवैधानिक दायित्वलाई अब बेवास्ता गर्ने छैन, र यस यथार्थलाई राष्ट्रपतिले पनि सामना गर्नुको विकल्प छैन– संसदको विदेश मामिला समितिका अध्यक्ष इलिअट एन्जेलले बताए ।

    ट्रम्पका कट्टर समर्थक भनेर चिनिएका जिम जोर्डन र मार्क मिडोज समेतका रिपब्लीकन सांसदले यमन युद्धमा अमेरिकाले सहयोग गर्नु उपयुक्त नरहेको बताएका थिए ।

    “यमनी सर्वसाधारणका घरआँगनमा खसेका सबैजसो बममा एउटै कुरा लेखिएको पाइन्छः अमेरिकामा निर्मित” डेमोक्राट सांसद जिम म्याकगोभर्नले बताएका छन् ।

    यमनमा युद्धका कारण चरम मानवीय सङ्कट उत्पन्न भएको छ । यमनमा एक करोड ४० लाख मानिस भोकमरिको जोखिममा रहेका अध्ययनहरुले देखाएका छन् ।

    विश्व स्वास्थ्य संगठनको भनाईमा करिब १० हजार सर्वसाधारणको मृत्यु जथाभावी बमबारीबाट भएको जनाएको छ । साउदी अरेबियाको समर्थनमा रहेको यमनी सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच लामो समयदेखि युद्ध जारी छ ।

    मानव अधिकार समूहहरुले गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएका छन् ।

    स्यान्डर्सले भनेका छन्– यमनको अर्थतन्त्र पुनर्निर्माणमा हामीले सहयोग गर्न सकिँदैन भने उनीहरुलाई मानवीय सहायता उपलब्ध गराऔं, उनीहरुलाई बम होइन खाद्यान्न दिऔं, नत्र त्यहाँको अवस्था अरु खराब हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कोरोना कहर घट्दै, ८ करोड ९९ लाख बढीले गरे स्वास्थ्य लाभ

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    रुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित

    चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने

    अमेरिकामा कोरोनाबाट मर्नेको संख्याम ५ लाख नाघ्यो, ५ दिनसम्म शोक

    अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    घाँस काट्न गएका बृद्धमाथि नीलगाईले आक्रमण गर्दा मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑