• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

      कोरोना कहर घट्दै, ८ करोड ९९ लाख बढीले गरे स्वास्थ्य लाभ

      नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

      विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

      आज फागुन १६ गते आईतबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

      राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

      सांसद् किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली

      भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्दिन: अख्तियार प्रमुख राई

      विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

      आर्थिक ऐनले दिएको छुट उपयोग गर्न आन्तरिक राजस्व कार्यालयको आग्रह, के केमा छ छुट ?

      प्रथम छहरे महोत्सव तथा व्यापार मेला सुरु, फागुन २२ सम्म चल्ने

      काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

      नेपाली परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

      हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    होमपेज /  आर्थिक

    ४ क्यासिनो सञ्चालकका १४ क्यासिनोले तिरेनन् २८ करोड, तीन वटा बिना इजाजत सञ्चालनमा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ३, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    सिवी अधिकारी/ काठमाडौँ, बैशाख ३ । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार २५ बक्यौता तिर्न बाँकी छ ।

    क्यासिनो ह्याप्पीआवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोबाट रु १४ करोड ६६ लाख ४३ हजार ७५० बक्यौता रहेको छ । ह्याप्पीले आर्थिक वर्ष २०७१ सालदेखि २०७४ सालसम्मको रोयल्टी रकम बुझाएको छैन । यो कम्पनीले होटल स्वीटड्रिम महेन्द्रनगर, होटल लाकौल भैरहवा, होटल स्नेहा नेपालगञ्ज र होटल ढाका काँकडभिट्टामा गरी चार स्थानमा क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

    त्यस्तै रक इन्टरनेशनल प्रालिबाट रु पाँच करोड ६९ लाख ४५ हजार २७५ बक्यौता तिर्न बाँकी छ । काठमाडौँको ओरियन्टल होटलमा सञ्चालन गरेको क्यासिनो र्याडडसहित विभिन्न जिल्लाका पाँच स्थानमा क्यासिनो सञ्चालन गरेको छ । होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल नान्स भैरहवा, होटल रियाज काँकडभिट्टामा क्यासिनो सञ्चालन गरेका छन् ।

    गील्ट इन्भेष्टमेन्ट प्रालिको रु आठ करोड ३९ लाख ६५ हजार बक्यौता रकम बुझाउन बाँकी छ । उक्त कम्पनीअन्तर्गत होटल याक एण्ड यतिमा सञ्चालन गरेको रोयल क्यासिनोले तीन वर्षदेखि रोयल्टी रकम बुझाएको छैन ।

    त्यस्तै, सेन्ट्ररल मिडिया प्रालिले सञ्चालन गरेको सि एमजी क्लब (मिनी क्यासिनो) ले होटल ओपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगञ्ज, होटल रत्ना विराटनगर, होटल प्लाटिनियम काठमाडौँमा गरी चार स्थानमा सञ्चालन गरेको क्लबको समेत बक्यौता रहेको विभागले जनाएको छ । र्याड क्यासिनो, रोयल क्यासिनो, एमजी क्लब (मिनी क्यासिनो) सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा चलिरहेका छन् ।

    क्यासिनो नियमावली २०७० बमोजिक पर्यटन विभागमा सात क्यासिनो दर्ता भएका छन् । ठूला क्यासिनो छ र मिनि क्यासिनो एक गरी सात नयाँ क्यासिनो दर्ता भएको पर्यटन विभागको घरबास ‘होमस्टे’ शाखाले जनाएको छ ।

    ठूला क्यासिनोका लागि रु तीन करोड र साना क्यासिनोलाई ७५ लाख शुल्क तोकिएकोमा आव २०७५/७६ देखि क्यासिनो सञ्चालन रोयल्टी शुल्कमा वृद्धि भएको छ । आव २०७१÷७२ देखि क्यासिनोले बक्यौता बुझाएका छैनन् । क्यासिनो सञ्चालक बक्यौता शुल्क नबुझाई अदालत जाने गर्दा बक्यौता रकम थपिने गरेको पर्यटन विभागले जनाएको छ ।

    नयाँ नियमावलीअनुसार ठूला क्यानिसो सञ्चालन गर्दा चार करोड र साना क्यासिनो सञ्चालनका लागि रु एक करोड तिर्नुपर्छ । ठूला क्यासिनो सञ्चालन गर्न २५ करोड पूँजी र सानो क्यासिनो सञ्चालन गर्न १५ करोड पूँजी आवश्यक पर्छ ।

    तीन क्यासिनो बिना इजाजत सञ्चालनमा

    हाल सञ्चालनमा रहेका तीन क्यासिनोले इजाजतपत्र नलिएको पाइएको छ । महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले तीन क्यासिनोले स्वीकृति नलिई सञ्चालन गरेको भन्दै कारवाहीमा गरी दुई कम्पनीको रु एक करोड र चार स्थानमा सञ्चालित एक कम्पनीको रु दुई करोडसमेत गरी रु चार करोड इजाजतपत्र दस्तुर असुल गर्नुपर्ने ठहर गरेको छ ।

    आर्थिक ऐन, २०७४ अनुसार आर्थिक वर्ष सकिएको दुई महीनाभित्र रोयल्टी नबुझाउने निकायलाई रोयल्टी रकमको वाषिर्क १५ प्रतिशतका दरले शुल्क र त्यस्तो म्याद नाघेको मितिले तीन महिनासम्ममा रकम नबुझाएमा वार्षिक १५ प्रतिशतका दरले थप शुल्कसमेत लगाई क्यासिनोको रोयल्टी असुल गर्नुपर्ने व्यवस्था छ ।

    गत वर्ष एक कम्पनीले रु तीन करोड र अर्को एक कम्पनीले रु पाँच करोड ७३ लाख ९० हजारसमेत आठ करोड ७३ लाख ९० हजार रोयल्टी नबुझाएको हुँदा थप शुल्कसमेत लगाई असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । आधुनिक मेशिन वा उपकरणको माध्यमबाट खेलाइने खेल (क्यासिनो) को लागि एक इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेलाउन सकिनेमा एक मिनी क्यासिनोबाट महेन्द्रनगर, वीरगञ्ज, विराटनगर र काठमाडौँसमेत चार ठाउँमा सञ्चालन गरी एक स्थानको मात्र नवीकरण दस्तुर रु ५० लाख दाखिला गरेको पनि भेटिएको छ ।

    ऐनको व्यवस्थाबमोजिम कारवाही गरी नपुग नवीकरण दस्तुर रु एक करोड ५० लाख असुल गर्न सरकारलाई महालेखाले भनेको छ । केही क्यासिनो सञ्चालकले इजाजत दस्तुर नबुझाई विगतदेखि क्यासिनो सञ्चालन गरिरहेकै स्थानमा नयाँ नामबाट क्यासिनो सञ्चालन हुँदै आएकामा क्यासिनो नियमावली, २०७० अनुसार विभागबाट अनुगमन मूल्याङ्कन तथा कारवाही हुनुपर्नेमा नभएको पाइएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    कोरोना कहर घट्दै, ८ करोड ९९ लाख बढीले गरे स्वास्थ्य लाभ

    नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

    विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

    आज फागुन १६ गते आईतबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    सांसद् किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली

    भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्दिन: अख्तियार प्रमुख राई

    आज स्वस्थानी ब्रत समापन गरिँदै

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑