सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३ । जापानमा एक नेपालीको मृत्यु भएको छ । अध्ययनका लागि जापान गएकी ममता मोक्तानको नागोया मेकेनको योकाईची सिटीमा सोमबार बिहान साढे ९ बजेतिर साईकलमा विद्यालय जाँदै गरेको अवस्थामा ट्रिपरले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको हो।
सन् २०१६ को अप्रिलमा भाषा अध्ययनका लागि विद्यार्थीको रुपमा जापानको ओकिनावा आएकी ममता नागोयामा रहेको योक्काईची कलेज अफ ईन्फरमेशन एण्ड ल्यांग्वेजमा सेन्मोन गाग्गोमा अध्ययन गर्दै आएकी थिईन्।
मोक्तानले १ महिना अघि मात्रै जापानमा बस्दै आएका पत्रकार राम तामाङसँग विवाह गरेकी थिइन् । ममता दुई साता अघिमात्र नेपाल गएर बिवाह गरि जापान फर्केकी थिईन्। राम तामाङ आदिवासी जनजाती विद्यार्थी महासंघ जापानका अध्यक्ष पनि हुन् ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा