सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ३ । मंगलबार देशका केही स्थानमा मेग गर्जने तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पुर्वानुमान अनुसार हुरी बतास सहित वर्षा र असिना पानीको संभावना पनि रहेको बताएको छ ।
पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ ्र साथै उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको विभागले सुचनामा जनाएको छ ।
यस्तो छ विभागले जारी गरेको ३ दिनको मौसम पुर्वानुमान :
बैशाख ०३ गते (मंगलबार):
दिउँसोः देशका पश्चिमि भू-भागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू-भागका केहि स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ | साथै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।
राति:देशका पश्चिमि भू-भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू-भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।
बैशाख ०४ गते (बुधबार):
दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरैस्थानमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
बैशाख ०५ गते (बिहिबार):
दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा