सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई ‘नन्दीभृंगी’ को संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका छन्।
नयाँ वर्षको पहिलो दिन आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता अभियान’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने दाबी पनि गरे। ११ विद्यार्थी संगठनद्वारा शुक्रबार आयोजित कार्यक्रममा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलन आह्वान गरेका थिए।
‘अस्तिका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दीभृंगी भेला भएछन् र आन्दोलन गर्छौं भनेछन्। म अरू केही भन्दिनँ, नगर्नुस् मात्र भन्छु,’ विपक्षी दलतर्फ लक्ष्य गर्दै ओलीले प्रश्न सोधे, ‘जसले आन्दोलन भनेर सिठी फुक्छ, त्यसैको पछि कुद्छन् नेपाली जनता ? के यो सम्भव छ? ’ याे खबर अन्नपुर्ण पाेस्टमा छ।
उनले स्थिरता, विकास र शान्तिका लागि जनताले मतदान गरेको भन्दै सोहीअनुसार सरकार बनेको बताए। ‘सरकारले देशका निम्ति काम गरेको छ। वृद्धवृद्धाको छेउमा सरकार ढाल्ने कुरा नगर्नुहोला। ढुंगा हान्छन्, परपर भन्नुस्। केटाकेटीले सुन्ने गरेर पनि नभन्नुहोला’, ओलीले चेतावनी दिँदै भने।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा