सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका पर्यटक प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सह–चालक सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ रहेका छन्।
असई रामबहादुर खड्का र समिट एयरको कोपाइलट सुजित ढुंगानाको घटनास्थलमै मुत्यु भएको हो भने प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो।
आइतबार बिहान ९ः३० मा समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। दुर्घटना लगतै विमानमा आगो लागेको थियो ।
यस्तै, घाइते भएका काठमाडौं कालिमाटी टोल घर भएका समिट एयरका चालक रबिनाथ रोकाय र ललितपुर उपमहानगरपालिका ठेगाना भएका मनाङ एयरका चालक चेतबहादुर गुरुङ रहेका छन्। दुबै घाइतेलाई थप उपचारको लागी हेलिकोप्टरमार्फत काठमाण्डौको शिक्षण अस्पतालमा लगिएको छ।
मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बरहरु पनि सामान्य घाइते भएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा