• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

      साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

      राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

      सेयर बजारमा दोहोरो अंकको गिरावट

      कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

      हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल

      ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

      भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

      १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

      जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    होमपेज /  समाचार

    सगरमाथाको चुचुरोतर्फ ‘आइसफल डाक्टर’

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र ३०, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, चैत ३० । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ। वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन्।

    सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए। सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ। सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने आरोही बताउँछन्।

    आइसफल डाक्टर आठ जनाको समूहमा खटिएका छन्। आइसफ डाक्टरको समूहले डोरी टाँगिसकेपछि छ जनाले तलमाथि गरेर बाटो मर्मतको काम गर्छन् भने दुईजना दोस्रो शिविरमै बसेर निरीक्षणको काम गर्ने समितिले जनाएको छ।

    यो क्रम आरोहण सुरु हुने अवधिसम्म जारी रहन्छ। आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यस पटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ। अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपिसिसीका अध्यक्ष शेर्पाले उल्लेख गरे। संस्थाका कार्यक्रम अधिकृत कपिन्द्र राईले आइसफल डाक्टरको टोलीले दोस्रो शिविरसम्म सफलतापूर्वक बाटो बनाइसकेको बताए।

    समितिले प्रत्येक वर्ष सगरमाथाको क्याप्प–२ सम्म बाटो बनाउने जिम्मा पाएको छ। दोस्रो शिविरदेखि शिखरसम्मको बाटो बनाउने काम एक्सपिडिसन अपरेटर एशोसिएशनले गर्दै आएको छ। एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पाँचदेखि सात दिनभित्र आइसफल डाक्टर (आठ जना)को समूह सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्न जानेछन्।

    अहिले बाटो खुलाउनका लागि आवश्यक औजार, डोरीलगायतका सामग्री हेलिकोप्टरमार्फत दोस्रो शिविर पु¥याइएको छ। आइसफल डाक्टरको समूह सगरमाथाको आधार शिविरदेखि आरोहण गर्दै माथिसम्म पुग्नुपर्छ। ‘सगरमाथाको खुम्बु आइसफसम्म अर्थात् दोस्रो शिविरसम्म बाटो बनिसकेको छ। अहिले शेर्पा तल माथि गरिरहेका छन्,’ अध्यक्ष पराजुलीले भने, ‘८० देखि ९० भारी सामानमाथि चुचुरोसम्म लैजानुपर्ने हुन्छ। ‘डोरी, स्नोवार, क्याराबिन आइस–क्रु आदि सामान लैजानुपर्छ, आवश्यक जनशक्तिको व्यवस्था गरेर बाटो खुलाउछौँ।’ सामान्यतयः मे महिनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ।

    यो कामका लागि करिब एक करोड रुपैयाँ खर्च लाग्ने गर्दछ। यसको ४० प्रतिशत सामग्री ढुवानीमै खर्च हुन्छ। कीर्तिमानी आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा सगरमाथाको बाटो बनाउने काम निकै चुनौतीपूर्ण मानिन्छ। खासगरी दोस्रो शिविरसम्म बाटो धेरै खतरा हुन्छ। उक्त क्षेत्रमा चाँडो चाँडो हिम खाल्डा तथा दरार उत्पन्न हुने भएकाले आरोहण जोखिम हुन्छ। सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ।

    त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ। समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ। डिमर एक्सपीडिसनका अध्यक्ष समेत रहेका शेर्पाले यो याममा ‘प्रथम चिनियाँ महिला सगरमाथा आरोहण २०१९’ र एक नेपाली गरी दुई आरोही समूह सगरमाथा आरोहणमा पठाएको छ। पर्यटन विभागका अनुसार वसन्तु ऋतुको यो याममा सगरमाथासहित २० हिमाल आरोहणका लागि हालसम्म ७२ आरोही समूहका ६३६ आरोहीले आरोहण अनुमति पाएका छन्।

    यीमध्यै सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २८ आरोही समूह छन्। हिमाल आरोहणबाट बिहीबारसम्म ४१ करोड ४७ लाख ६८ हजार १४५ रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागको पर्वतारोहण शाखाले जनाएको छ। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

    ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक अवरुद्ध

    भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घन्टाभित्र देश छाड्न आदेश

    १७ अर्ब लागतमा नारायणगढ–बुटवल सडक फराकिलो बनाइँदै

    जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

    मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    साना र मझौला उद्यमलाई सघाउन महासंघ र बैंकर्स संघबीच समझदारी

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑