सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत २९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सकाे प्रेरीसमा संचालित इन्टरपोलको १५औं सम्मेलनमा सहभागी भई शुक्रबार स्वदेश फिर्ता हुनुभएकाे छ । प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा त्यसतर्फ गएका प्रतिनिधि मण्डलका सदस्यहरु समेत स्वदेश फिर्ता हुनुभएको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले एन सी बी हरुको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गरेकाे बताउनुभएको थियो ।
साथै प्रविधि एवम् प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइवर अपराध, डार्क-नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिसन लगायतका विषय र ती विषयका चुनौती तथा समाधानका पक्षमा समेत सम्मेलनमा छलफल भएकाे उहाँले उल्लेख गर्नुभएको थियो।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालको सम्बोधनलाई उच्च प्रशंसा गरिएको थियो । उक्त सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरुवीच सहयोग आदान प्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव समेतको आदान प्रदान लगायतका विषयमा छलफल भएको थियो ।
प्रहरी महानिरीक्षक खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो।प्रहरी महानिरीक्षक खनाल चैत २१ गते त्यसतर्फ प्रस्थान गर्नु भएकाे थियाे।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा