सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २९। मह संचार र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।
वैशाख २० गते रिलिज हुने चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर मह संचार नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सिनेमामा हरिवंश आचार्यको कथा, पटकथा तथा सम्वाद रहेको छ। किरणका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।
अमेरिका जानका लागि जुनसुकै हतकण्डा अपनाउन पनि पछि नपर्ने एक परिवारको कथा यो चलचित्रमा देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ।
हेर्नुहोस भिडीयो :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा